default_image

9 months ago

May 21, 2023

बायर्नको लज्जास्पद हार

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा उपाधि होडमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा लज्जास्पद हार बेहोरेको छ । बायर्न घरेलु मैदानमा आरबी लाइप्जिगसँग ३–१ ले पराजित भएको हो । लाइप्जिगको जितमा कोनरड लेइमर, क्रिस्टोफोर एनकुन्कु र डोमिनिक जोबोस्लाईले गोल गरे । बायर्नका सर्ज नाब्रीको गोल सान्त्वना बन्यो । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको […]

144 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा उपाधि होडमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा लज्जास्पद हार बेहोरेको छ ।

बायर्न घरेलु मैदानमा आरबी लाइप्जिगसँग ३–१ ले पराजित भएको हो । लाइप्जिगको जितमा कोनरड लेइमर, क्रिस्टोफोर एनकुन्कु र डोमिनिक जोबोस्लाईले गोल गरे । बायर्नका सर्ज नाब्रीको गोल सान्त्वना बन्यो ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको २५औं मिनेटमा सर्ज नाब्रीको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । तर, त्यो अग्रतालाई बायर्नले दोस्रो हाफमा जोगाउन सकेन ।

६५औं मिनेटमा कोनरड लेइमरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७६औं मिनेटमा क्रिस्टोफोर एनकुन्कुले पेनाल्टीमा गोल गरेपछि बायर्न खेलमा २–१ ले पछि पर्यो । त्यसको १० मिनेटपछि डोमिनिक जोबोस्लाईले पेनाल्टीमै गोल गर्दै बायर्नलाई हार चखाए ।

यस हारसँगै बायर्नको उपाधि यात्रामा धक्का लागेको छ । बायर्नले शीर्षस्थानमा ४ अंकको अग्रता लिने अवसर गुमाएको छ । शीर्षस्थानमा रहेको बायर्नको ३३ खेलबाट ६८ अंक पुगेको छ ।

अब दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले आफ्नो खेलमा जित निकालेमा शीर्षस्थानमा उक्लदै बायर्नलाई २ अंकले पछि पार्नेछ । अब बायर्नलाई च्याम्पियन बन्न आफ्नो खेलमा जित निकाल्नुका साथै डर्टमुन्डले अंक गुमाउनु पर्नेछ ।

अन्तिम खेलमा डर्टमुन्ड र बायर्न दुवैले जित निकालेमा डर्टमुन्ड च्याम्पियन बन्ने छ । बायर्नलाई हराएको आरबी लाइप्जिग ३३ खेलबाट ६३ अंक जोडेर तेस्रो स्थानमा छ ।

February 22, 2024

लिभरपुलको सानदार जित

एजेन्सी- लिभरपुलले इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ। लिभरपुलले बुधबार लुटन टाउनलाई ४–१ गोलले हराएको हो । लिभरपुलका लागि भर्जिल भान डाइक, कोडी गाक्पो, लुइस डियाज र हार्भे इलियटले गोल गरे । खेलमा अग्रता भने लुटनले‌ लिएको थियो। चियोडोजी ओग्बेनेले १२औं मिनेटमा गोल गरेका थिए। भान डाइकले ५६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। गाक्पोले ५८औं […]

February 22, 2024

बार्सिलोना बराबरीमा‌ रोकियो

एजेन्सी- बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बराबरी रोकिएको छ। बुधबार बार्सिलोना र नेपोलीले १–१ को बराबरी खेलेका हुन् । नेपल्समा भएको खेलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको गोलमा ७० औं अग्रता लिएको थियो । त्यसपछि ५ मिनेटपछि नेपोलीका लागि भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएका थिए । अर्को अन्तिम १६ को पहिलो पोर्टोले आर्सनललाई १-० ले हराएको […]

February 22, 2024

पोर्टोसँग आर्सनलको हार

एजेन्सी- इंग्लिस प्रिमियर लिग टोली आर्सनल च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ। बुधबार पोर्टोले आर्सनललाई १-० ले हराएको हो ।इन्ज्युरी समयको चौथो मिनेटमा गालेनोले गोल गरेपछि पोर्टोको जित सम्भाव भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा आर्सनलले हार बेहोरेको छ। बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलियन खेलाडीले उत्कृष्ट गोल गरेका हुन् । खेलमा दबाब […]

Success

Thank you for your time.