3 years ago
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू २३ एसिया कप छनोटमा भाग नलिने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णय विवादमा परेको छ । एन्फाले यू २३ मा भाग नलिने निर्णयमा पुग्नु परेको स्पष्ट कारण नदिदा एन्फा थप विवादमा परेको हो ।

सुरुमा आर्थिक कारणले सहभागी नहुने टुंगोमा पुगेको बताएको एन्फाले प्राथमिकताका आधारमा यू २३ भन्दा अन्य प्रतियोगिता रहेकोले भाग नलिने निष्कर्षमा पुगेको जनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुदसँग भने, प्राथमिकतामा यू २३ को छनोट भन्दा पनि राष्ट्रिय टोलीले खेल्ने विश्व कप छनोट र साफ च्याम्पियनसिप छ । त्यसमा पनि अधिकांश खेलाडी यू २३ कै छन् । आर्थिक पनि एउटा कारण हो तर मुख्य विषय प्राथमिकतामा राष्ट्रिय टोलीलाई राखिएको हो ।
अर्को वर्ष कतारमा आयोजना हुने यू २३ च्याम्पियनसिपका लागि भदौ १८ गते देखि २६ गते सम्म हुने छनोट चरणमा नेपालले भाग नलिने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले यू २३ छनोटका लागि कतार बाहेक ४३ देशको नाम सार्वजनिक गर्दा त्यसमा नेपालको नाम छैन । छनोटको ड्र बिहीबार हुँदैछ ।
एन्फाका महासचिव किरण राईले आफ्नै खर्चमा टोली पठाउन पर्ने भएकाले पर्याप्त बजेट नभएकाले नखेल्ने निर्णयमा पुगेको बताएका थिए । तर, एन्फा महासचिव शाहले भने फरक धारणा राखेका छन् ।
राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जनले आर्थिक कारणले यू २३ को टोलीलाई सहभागित नगराउने एन्फाको निर्णय लाजमर्दो भएको बताएका छन् । उमेर समूहको प्रतियोगितामा भाग लिने भनेको भविष्यमा राष्ट्रिय टोलीलाई शसक्त बनाउने भन्ने पनि हो, यू १९ साफ च्याम्पियन टोलीका प्रशिक्षक रहिसकेका महर्जनले भने, अहिले पैसा छैन भनेर भाग नलिने निर्णय लाजमर्दो निर्णय हो । यसरी नेतृत्वमा बस्न नैतिकताले पनि नदिनुपर्ने हो ।
महर्जनले युवा टोलीलाई सहभागी गराउन पैसाको अभाव हुने तर पदाधिकारीहरुले लाखौं रुपैयाँ सम्म तलब लिन पैसाको अभाव नहुने भन्दै प्रश्न गरेका छन् । हामीले खेले देखि अहिले सम्मको अवस्थालाई हेर्ने हो भने अहिलेको जस्तो एन्फा कमजोर कहिल्यै लागेन, उनले थपे, यसरी नेतृत्वमा बसिराख्न नैतिकताले मिल्छ ?
अघिल्लो पटक उज्वेकिस्तानमा भएको छनोटमा नेपालले इरान, ताजकिस्तान र लेबनानसँग प्रतिस्पर्धा गरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]