3 years ago
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू २३ एसिया कप छनोटमा भाग नलिने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णय विवादमा परेको छ । एन्फाले यू २३ मा भाग नलिने निर्णयमा पुग्नु परेको स्पष्ट कारण नदिदा एन्फा थप विवादमा परेको हो ।

सुरुमा आर्थिक कारणले सहभागी नहुने टुंगोमा पुगेको बताएको एन्फाले प्राथमिकताका आधारमा यू २३ भन्दा अन्य प्रतियोगिता रहेकोले भाग नलिने निष्कर्षमा पुगेको जनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुदसँग भने, प्राथमिकतामा यू २३ को छनोट भन्दा पनि राष्ट्रिय टोलीले खेल्ने विश्व कप छनोट र साफ च्याम्पियनसिप छ । त्यसमा पनि अधिकांश खेलाडी यू २३ कै छन् । आर्थिक पनि एउटा कारण हो तर मुख्य विषय प्राथमिकतामा राष्ट्रिय टोलीलाई राखिएको हो ।
अर्को वर्ष कतारमा आयोजना हुने यू २३ च्याम्पियनसिपका लागि भदौ १८ गते देखि २६ गते सम्म हुने छनोट चरणमा नेपालले भाग नलिने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले यू २३ छनोटका लागि कतार बाहेक ४३ देशको नाम सार्वजनिक गर्दा त्यसमा नेपालको नाम छैन । छनोटको ड्र बिहीबार हुँदैछ ।
एन्फाका महासचिव किरण राईले आफ्नै खर्चमा टोली पठाउन पर्ने भएकाले पर्याप्त बजेट नभएकाले नखेल्ने निर्णयमा पुगेको बताएका थिए । तर, एन्फा महासचिव शाहले भने फरक धारणा राखेका छन् ।
राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जनले आर्थिक कारणले यू २३ को टोलीलाई सहभागित नगराउने एन्फाको निर्णय लाजमर्दो भएको बताएका छन् । उमेर समूहको प्रतियोगितामा भाग लिने भनेको भविष्यमा राष्ट्रिय टोलीलाई शसक्त बनाउने भन्ने पनि हो, यू १९ साफ च्याम्पियन टोलीका प्रशिक्षक रहिसकेका महर्जनले भने, अहिले पैसा छैन भनेर भाग नलिने निर्णय लाजमर्दो निर्णय हो । यसरी नेतृत्वमा बस्न नैतिकताले पनि नदिनुपर्ने हो ।
महर्जनले युवा टोलीलाई सहभागी गराउन पैसाको अभाव हुने तर पदाधिकारीहरुले लाखौं रुपैयाँ सम्म तलब लिन पैसाको अभाव नहुने भन्दै प्रश्न गरेका छन् । हामीले खेले देखि अहिले सम्मको अवस्थालाई हेर्ने हो भने अहिलेको जस्तो एन्फा कमजोर कहिल्यै लागेन, उनले थपे, यसरी नेतृत्वमा बसिराख्न नैतिकताले मिल्छ ?
अघिल्लो पटक उज्वेकिस्तानमा भएको छनोटमा नेपालले इरान, ताजकिस्तान र लेबनानसँग प्रतिस्पर्धा गरेको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]