3 years ago
May 28, 2023
हिमाल खरेल, बिर्तामोड
कोशी प्रदेश फुटबल संघको अध्यक्षमा किशोर राई सर्वसम्मत निर्वाचित भएका छन् । यसअघि तदर्थ समितिको अध्यक्ष रहेका राई धरानको बुढासुब्बा गोल्डकपका संस्थापक हुन् ।

संघको प्रथम अधिवेशनले राईलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । संघको उपाध्यक्षमा मणिकुमार लिम्बू, समिर राई, सफल किरात, खड्कबहादुर श्रेष्ठ, शिव न्यौपाने र कविरमान तुम्बापो चयन भएका छन् ।
त्यस्तै, सदस्यमा लक्ष्मीप्रसाद काफ्ले, मनेश दाहाल, शम्भु प्रधान, महानन्द भक्तराज, रञ्जन कार्की, शारदा लिम्बू, रसिन तामाङ, अनुरोध थापा क्षेत्री, हिमाल थापा मगर, प्रेमप्रसाद तामाङ, कुवेर आङदेम्बे लिम्बू र गोकर्ण भट्टराई चयन भएका छन् ।उपाध्यक्ष र सदस्य पनि सर्वसम्मत चयन भएका हुन् । संघको विधानअनुसार महासचिव र कोषाध्यक्ष पनि आगामी बैठकले चयन गर्नेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]