3 years ago
May 30, 2023
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस क्लब टोटेनहम हटस्पर र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व प्रशिक्षक मोरिसियो पोचेटिनोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।

५१ वर्षीय अर्जेन्टिनी पोचेटिनोले चेल्सीमा अर्को वर्षको विकल्पसहित दुई वर्षको सम्झौता गरेका हुन् । उनको सम्झौता १ जुलाई २०२३ देखि लागु हुनेछ ।
अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सी यो सिजन इंग्लिस प्रिमियर लिगमा १२औं स्थानमा रह्यो । जुन चेल्सीको २५ वर्षभन्दा बढीको इतिहासमा सबैभन्दा कमजोर स्थान हो ।
‘मौरिसियो उत्कृष्ट रेकर्ड भएका विश्व–स्तरीय प्रशिक्षक हुन् । हामी सबै उहाँलाई बोर्डमा राख्नको लागि उत्सुक छौं ।’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चेल्सीले पोचेटिनो पहिलो रोजाई र क्लबमा ल्याइएका एक मात्र व्यवस्थापक भएको बताएको छ ।
उनले खेल निर्देशक पल विन्स्टान्ली र लरेन्स स्टीवर्टसँग काम गर्नेछन् । ‘मौरिसियोको अनुभव, उत्कृष्टताको मापदण्ड, नेतृत्वको गुण र चरित्रले चेल्सी फुटबल क्लबलाई हामी अगाडि बढ्न मद्दत गर्नेछ ।’ विन्स्टान्ली र स्टीवर्टले एक विज्ञप्तिमा भनेका छन् ।
उनी एक विजेता प्रशिक्षक हुन्, जसले उच्च स्तरमा, धेरै लिग र भाषाहरूमा काम गरेका छन् । पोचेटिनो यस सिजनको सुरुमा थोमस टुचेल र ग्राहम पोटरलाई बर्खास्त गरेपछि पाँच वर्षमा चेल्सीको छैटौं स्थायी प्रशिक्षक हुन् । पोटरको बर्खास्तीसँगै चेल्सीले लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाएको थियो ।
टोड बोहली चेल्सीको नयाँ मालिक बनेपछि चेल्सीले जनवरीमा प्रिमियर लिगको रेकर्ड २८८ मिलियन पाउन्डसँगै खेलाडीको लागि ५५० मिलियन पाउन्ड भन्दा बढी खर्च गरेपनि चेल्सीको प्रदर्शन फितलो रह्यो ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिडसँग पराजित हुँदा विश्वकप विजेता एन्जो फर्नान्डेज र युक्रेनका विंर मिखाइलो मुड्रिकजस्ता स्टार खेलाडीको आगमनले चेल्सीको प्रदर्शन उस्तै रह्यो । चेल्सी एफए कप र काराबाओ कप दुवैमा तेस्रो राउण्डबाट बाहिरिएको थियो ।
मार्चमा एन्टोनियो कोन्टेलाई टोटेनहमले बर्खास्ती गरेपछि पोचेटिनो टोटेनहमसँगै जोडिएको थियो । तर, उनी लन्डन क्लबको प्रशिक्षक बने । स्पेनिस क्लब स्पान्योलबाट प्रशिक्षण करिअर सुरु गरेका पोचेटिनोले त्यसपछि १६ महिना साउथह्याम्प्टनको प्रशिक्षक बनेका थिए ।
त्यसपछि उनले सन् २०१४ देखि २०१९ सम्म टोटेनहमको प्रशिक्षक बने । उनले टोटेनहमलाई २०१५ मा लिग कपको उपाधि जिताउँदा २०१६–१७ को सिजनमा प्रिमियर लिगमा उपविजेता बनाए । टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याएपनि टोलीलाई जिताउन सकेन ।
टोटेनहमपछि पोचेटिनो २०२१ को जनवरीमा पिएसजीको प्रशिक्षक बने । २०२०–२१ सिजनमा पिएसजी उपविजेता बन्यो । कप डे फ्रान्स र ट्रफी डे च्याम्पियन्स जिताएपनि उनी पिएसजीबाट बाहिरिए ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]