default_image

9 years ago

January 7, 2017

ब्वाइज युनियन दिल्ली युनाईटेडसंग पराजित

105 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – भारतको दिल्ली युनाईटेड धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ।

buc

शनिवार धनगढी रंगशालामा भएको खेलमा काठामण्डौको व्वाईज युनियनलाईलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठमा पुगेको हो । निर्धारित समयसम्म दुवै टीमले १–१ को वरावरी खेलेपछि पेनाल्टी सुटआउटवा निर्णय लिईएको हो ।

पहिलो हाफमा दुवै टोलीले गोल रहित वरावरी खेलेका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा दिल्ली युनाईटेडका लागि केथोपीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । त्यो अग्रता ९ मिनेटभन्दा वढी टिक्न सकेन । ६७ औं मिनेटमा व्याईज युनियनका लागि अभिसेक रिजालले गोल गर्दै खेल वरावरी गरे । त्यसपछि कुनै पनि टीमले गाल गर्न नसक्दा पेनाल्टीमा दिल्ली युनाईटेड विजयी भएको हो ।

पेनाल्टीमा दिल्लीका लागि जर्सी डनलिप्चा, सन्दीप, रिसव र सिमेटले गोल गरे । व्वाईज युनियनका लागि रुपेश केसी र राजु मगरले गोल गरे । युनियनका विशेष खड्गी र मोसाको प्रहार वाहिर गएपछि युनियन गोल्डकपवाट वाहिरिएको हो ।

जितपछि प्रतिक्रिया दिदै दिल्ली युनाईटेडका कप्तान विसन मेहराले तीन जना फरवार्ड घाईते भएका कारण रक्षात्मक खेल खेल्दा पनि पेनाल्टीमा पुगेर जित हासिल गर्न सफल भएको वताउनुभयो ।  व्वाईज युनियनका प्रशिक्षक सुगम तन्डुकारले राम्रो खेल्दा पनि टाईव्रेकरमा ५०÷५० को स्थितिमा पुगेर हार्न पुगेको जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत आईतवार आयोजक सुप ११ र भारतको पञ्जाव फुटवल टीम वीच प्रतिस्पर्धा हुने सुदुरपश्चिम ११ फुटवल क्लवका महासचिव प्रकाश शाहीले जानकारी दिनुभयो ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.