default_image

9 months ago

May 30, 2023

एनकोटो चम्कँदा जावलाखेलले आर्मीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – एनकोटो मासोएवीको दुई गोल मद्दतमा जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ । जावलाखेलले आर्मीलाई २–० ले पराजित गर्दै उपाधि जित्ने सम्भावना कायमै राखेको हो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोएवीले दोस्रो हाफमा गरे । त्रिपुरेश्वरस्थित दशरथ […]

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनकोटो मासोएवीको दुई गोल मद्दतमा जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।

जावलाखेलले आर्मीलाई २–० ले पराजित गर्दै उपाधि जित्ने सम्भावना कायमै राखेको हो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोएवीले दोस्रो हाफमा गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोलको अवसर खेर फालेका थिए । ५५औं मिनेटमा मासोएवीले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाए ।


विनोद केसीको क्रस डिफेन्स लाइनमा क्लियर हुन नसकेपछि समिराज थोकरले दिएको पासमा मासोएवीले वान टचमा गरेको फितलो प्रहार गोलरक्षक विकेशको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

एक गोलले पछि परेको आर्मीले त्यसपछि आक्रामक खेल पस्किएपनि काउन्टर अट्याकमा गोल खाँदै पराजित हुन पुग्यो । ८०औं मिनेटमा काउन्टर अट्याककै आसोएवीले गोल गर्दे जावलाखेलको जित पक्का गराए ।

फोडे फोफानाले आर्मीका डिफेन्डरलाई बिट गर्दै दिएको क्रसमा अनमार्क रहेका मासोएवीले हेडरमार्फत सहज गोल गर्न सफल भए । यस जितले दोस्रो स्थानमा उक्लिएको जावलाखेलको २३ खेलबाट ३७ अंक पुगेको छ ।

जावलाखेलले पाँचौ खेलपछि जित निकालेको हो । फ्रेन्ड्सलाई ४–१ ले पराजित गरेयता जावलाखेलले चार खेलमा जित निकाल्न सकेको थिएन । पराजित आर्मी २३ खेलबाट ३० अंक जोडेर पाँचौ स्थानमा यथावत छ ।

February 25, 2024

एनआरटी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यू रोड टिम (एनआरटी) राष्ट्रिय युवा संघद्वारा आयोजित केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार भएको पहिलो खेलमा थ्री स्टार क्लब माथि १-० को जित निकाल्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो । एनआरटीको जितमा विवेक गुरुङले एकमात्र गोल गरे । खेलमा धेरै अवसरहरु सिर्जना नभएपनि […]

February 25, 2024

बार्सिलोनाको सानदार जित

एजेन्सी – स्पेनिश क्लब बार्सिलोनाको गएराती सम्पन्न लालिगा अन्तर्गतको खेलमा सानदार जित हात पारेको छ । बार्सिलोनाले गेटाफे माथि ४-० को फराकिलो जित निकालेको हो । धेरै समयपछि खेलमा उत्कृष्ट प्रदर्शन गरेको बार्सिलोनाले चार गोल गर्न पुग्यो । खेलको २०औं मिनेटमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । जुल्स कुन्डेले आफ्नै हाफबाट खेलेको […]

February 25, 2024

म्यानचेस्टर सिटी र आर्सनलको‌ जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र आर्सनल शनिबार विजयी भएका छन् । सिटीले फिल फोडेनको गोलमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ । उनले २४ औं मिनेटमा गोल गरे । आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्यो । स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लियो। काइ हाभार्टले […]

Success

Thank you for your time.