3 years ago
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्को महिना आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीका लागि पहिलो चरणमा ३० खेलाडी छनोट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी ए डिभिजन लिगकै विश्रामको दिन पारेर मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एन्सेले रणनीतिक प्रशिक्षण दिदै आएका छन् । साफ च्याम्पियनसिपका लागि भनेर उनले नियमित प्रशिक्षण गराउन पाइरहेका छन् ।
एन्फाको योजना अनुसार जेठ २७ गते ए डिभिजन लिग सम्पन्न हुनेछ । त्यसको १० दिन पछि नै भारतमा साफ च्याम्पियनसिप सुरु हुनेछ । साफ च्याम्पियनसिप असार ६ देखि १९ गते सम्म हुनेछ । साफ इतिहासमै पहिलो पटक गत संस्करणमा फाइनल खेलको नेपाल यबसपटक समूह एमा भारत, कुवेत र पाकिस्तानसँग समूह एमा रहेको छ । त्यति बेला नेपालले भारतविरुद्धको फाइनल हारेको थियो ।
अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । दक्षिण एसिया बाहिरका लेबनान र कुवेत पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिदैछ । विगतमा भन्दा चर्को प्रतिस्पर्धा हुने प्रतियोगितामा नेपालको तयारी भने सन्तोषजनक छैन ।
प्रशिक्षक एनेसले प्रधानमन्त्री कप त्रिदेशीय सिरिजमा टोलीमा रहेका अभिषेक बराल, आदित्य चौधरी, विकास खवास, पदम भट्टराई, कमल थापा, सुमित श्रेष्ठ र भरत खवासलाई टोलीमा समेटेका छैनन् । फरवार्ड विमल घर्तीमगरसँगै गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर देवेन्द्र तामाङ, विक्रम लामा र सुदिप गुरुङले टोलीमा पूनरागमन गरेका छन् ।
लिगमा उच्च प्रदर्शन गरिरहेका सिमन्त थापा, विमल पाण्डे, दिनेश हेन्जन, आशिष गुरुङ, अन्जल महर्जन, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ र जिलेस्पी जंग कार्कीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षणका लागि मंगलबार बोलाएका खेलाडी यस प्रकार छन् ।
गोलकिपर – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मस्र्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)
डिफेन्डर – विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपिएफ फुटबल क्लब), अनन्त तामाङ (.चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (प्रेसिक केडिर), सिमान्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स)
मिडफिल्डर – पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ), विशाल तामाङ (जावलाखेल)
फरवार्ड – आषुश घलान (संकटा), नवयुथ श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी ( संकटा), आशिष चौधरी (चर्च ब्वाइज), विमल घर्ती मगर (मछिन्द्र), जिलेस्पीजंग कार्की (आर्मी), दीनेश हेन्जन (आर्मी)
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]