3 years ago
May 31, 2023
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला लिग प्रबन्धक संघ (एलएमए) को वर्षको उत्कृष्ट प्रशिक्षाक घोषित भएका छन् ।

गुआर्डीओलाले तेस्रोपटक यो ट्रफी जितेका हुन् । यसअघि म्यानचेस्टर युनाइटेडका सर एलेक्स फर्गुसनले यो ट्रफी तीन पटक जितिसकेका छन् । यसमा सबै डिभिजनका प्रशिक्षकहरुले भोट दिने प्रावधान छ ।
गुआर्डीओला डेभिड मोयेसजस्तै तीन एलएमए प्रशिक्षक अवार्ड जित्ने तेस्रो प्रशिक्षक बनेका छन् । उनीहरुभन्दा अघि सर एलेक्स फर्गुसन दुई अवार्डले अघि छ ।
५२ वर्षीय स्पेनिस गुआर्डीओलाले प्रिमियर लिगको वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि जितेका छन् । उनको टोलीले लगातार तेस्रो र ६ सिजनमा पाँचौं उपाधि जितेको थियो ।
आर्सनलका मिकेल अर्टेटा, ब्राइटनका रोबर्टो डे जर्बी, न्युक्यासलका एडी होवे, बर्नलीका भिन्सेन्ट कोम्पनी र प्लाइमाउथका स्टिभन शुमाकर पनि वर्षको उत्कृष्ट व्यवस्थापकको सूचीमा परेका थिए । कोम्पनी र शुमाकरले क्रमशः च्याम्पियनसिप र लिग वन म्यानेजर अफ द इयर अवार्ड जित्न सफल भए ।
सिटीले शनिबार एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । जुन १० मा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्दा त्यो खेलमा जितले ट्रेबल जित्ने मौका पाउनेछ ।
गुआर्डीओलाले भने, ‘यो ट्रफी प्राप्त गर्न पाउनु अविश्वसनीय सम्मान हो । हामी विश्वको उत्कृष्ट लिगमा छौं र म तपाईंलाई वाचा गर्छु कि हामी अर्को सिजन त्यहाँ हुनेछौं ।’
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]