default_image

3 years ago

May 31, 2023

मार्सियालले एफए कपको फाइनल गुमाउने

217 views

0 Bookmark

एजेन्सी – ह्यामस्ट्रिङ चोटका कारण म्यानचेस्टर युनाइटेडका फ्रान्सेली फरवार्ड एन्थोनी मार्सियालले एफए कपको फाइनल गुमाउने भएका छन् ।

म्यानचेस्टर युनाइटेडले शनिबार म्यानचेस्टर डर्वीमा यो सिजनको प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार ओल्ड ट्राफोर्डमा फुलहमविरुद्ध २–१ को जित निकालेको खेलमा मार्सियालले चोट बोक्न पुगेका थिए ।

मेडिकल रिपोर्टका अनुसार २७ वर्षीय मार्सियालको मांसपेशीमा चोट लागेको देखिएको क्लबले पुष्टि गरेको छ । लगातार चोटसँग जुधिरहेको मासिएयालले यो सिजन प्रिमियर लिगका २१ खेलमा ६ गोल र दुई असिस्ट दिएका छन् ।

शनिबार च्याम्पियन बन्न सके युनाइटेडले यो सिजन दोहोरो उपाधि जित्नेछ । युनाइटेडले फेब्रुअरीमा लिग कप जितेको थियो । युनाइटेड म्यानचेस्टर डर्वीमा सिटीलाई पराजित गर्दै सिटीको यो सिजन तेहोरो उपाधि जित्ने यात्रामा बाधक बन्न चहान्छ ।

सन् १९९९ मा सर एलेक्स फर्गुसनको युनाइटेडले ट्रेबल उपाधि जितेको थियो । प्रिमियर लिग च्याम्पियन सिटीले अर्को महिना च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ ।

यस्तै युनाइटेडलाई अर्काे विंगर एन्टोनीको चोटले पनि सताउन सक्नेछ । चेल्सीमाथि ४–१ को जितमा एन्टोनीले चोट बोकेका थिए । यद्यपि, प्रशिक्षक एरिक टेन ह्यागले शनिबारको फाइनलको लागि एन्टोनी निको हुने बताएका छन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.