3 years ago
June 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विदेशी फरवार्ड मोसेस ग्यावाको गोलमा विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

पुलिसले एनआरटीलाई १–० ले पराजित गरेको हो । पुलिसको जितमा दोस्रो हाफमा मोसेसले गरेको गोल नै निर्णायक बन्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धातमक खेलमा एनआरटीले पहिलो हाफमा गोल गर्ने चार अवसर खेर फाल्दा पराजित हुन पुग्यो ।
पहिलो हाफमा दवाव झेलेको पुलिसले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै जितसहित महत्वपुर्ण ३ अंक बटुल्न सफल भयो ।खेलको २०औं मिनेटमा एनआरटीका अशोक थापाको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाए ।
२७औं मिनेटमा निकोलस सर्ज सङको प्रहारमा पनि गोलरक्षक शत्रुत्रन बाधक बने । ३०औं मिनेटमा निकोलसको वान भर्सेस वानको स्थितिको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा एनआरटी अग्रता लिनबाट चुक्यो ।
पहिलो हाफमा लगातार आक्रमण गरिरहेको एनआरटीले दोस्रो हाफमा भने लय गुमाउन पुग्दा खेल पनि गुमाउन पुग्यो । ५७औं मिनेटमा रवि शंकर पासवानको भली प्रहारलाई एनआरटीका गोलरक्षक सन्तोष महतले पञ्च गर्दै बचाए । ७६औं मिनेटमा मोसेस ग्यवाले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए ।
इन्जयुरी समयको थप गरिएको पहिलो मिनेटमा एनआरटी १० खेलाडीमा समेटिन पुग्यो । कप्तान विक्रम धिमाल एक मिनेटको अन्तरमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरियो ।
पुलिसका हेमन्त श्रेष्ठसँगको झगडापछि पहेलो कार्ड खाएका उनी पुनः आक्रमण गर्न खोजेपछि रेफ्री प्रकाश नाथ श्रेष्ठले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
यस जितसँगै चौथो स्थानमा रहेको पुलिसको २३ खेलबाट ३४ अंक पुगेको छ । पराजित एनआरटी २३ खेलबाट २९ अंकसहित आठौं स्थानमा छ ।
लिग अन्तरगत नै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस बराबरीले शेर्पा २३ खेलबाट ३० अंक जोडेर छैटौं स्थानमा छ । फ्रेन्ड्स २५ अंक जोडेर १३औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]