3 years ago
June 2, 2023
एजेन्सी – फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले टोलीका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेका छन् ।

मेस्सीले पिएसजीका लागि आफ्नो अन्तिम खेल शनिबार क्लेरर्मन्टसँग खेल्ने प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले बताएका छन् । पिएसजीमा ३५ वर्षीय अर्जेन्टिनी मेस्सीको सम्झौता यो सिजनको अन्त्यसम्म मात्रै छ ।
जुलाई २०२१ मा क्याटलान क्लब बार्सिलोनाबाट फ्रि ट्रान्सफरमा पिएसजी आएका मेस्सीले पीएसजीलाई लगातार दुई सिजन लिग वानको उपाधि जिताउन मद्दत गरेका छन् ।
‘मैले फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएको छु ।’ गाल्टिएरले भने, ‘पार्क डेस प्रिन्सेसमा यो उनको अन्तिम खेल हुनेछ र मलाई आशा छ कि उसले न्यानो स्वागत गर्नेछ ।’
समर्थकको विरोधपछि पीएसजीले गत महिना मेस्सी, फरवार्ड नेयमार, मिडफिल्डर मार्को भेराट्टी र गाल्र्टिरको घरमा सुरक्षा बढाएको थियो ।
क्लबको अनुमतिविना साउदी अरब यात्रापछि पिएसजीले मेस्सीलाई दुई साताको लागि निलम्वन गरेको थियो । पछि उनले आफ्ना सहकर्मीसँग माफी मागेका थिए ।
मेस्सीले अर्जेन्टिनालाई २०२२ को विश्वकप जिताउन कप्तानी भुमिका निभाएका थिए । विश्वकपपछि पनि उनले पिएसजीमै बस्ने मनासय बनाएपनि पछिल्लो विकसित घट्नाक्रमपछि उनले पिएसजी छाड्ने निर्णयमा पुगेका हुन् ।
मेस्सी र पिएसजीले सन् २०२१ मा २ वर्षको सम्झौता गर्दा थप १ वर्ष सम्झौता गर्न सकिने उल्लेख गरिएको थियो । मेस्सीले यस सिजनमा पीएसजीका लागि सबै प्रतियोगितामा २१ गोल र २० असिस्ट दिएका छन् । क्लबका लागि समग्रमा ७४ खेलमा ३२ गोल गरेका छन् ।
पीएसजी पछिल्ला दुई सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणबाट बाहिरिएको छ । स्पेनिस फुटबल लेखक गुइलम बालागुले मेस्सीले आफ्नो भविष्यको बारेमा छिट्टै निर्णय गर्ने तर उनले २१ वर्ष बिताएका क्लब बार्सिलोना फर्कने छैनन् भनेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]