3 years ago
June 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय फुटबल तयारीका विषयमा गरेको आफ्नो निर्णयबाट पछि हटेको छ ।

असार ६ गते भारतमा सुरु हुने साफ च्याम्पियनसिप र त्यसको तयारीका रुपमा जेठ ३२ गते फिलिपिन्ससँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि बिहीबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएको थियो । तर, १४ मध्ये १० क्लबले लिग नसकिदा सम्म राष्ट्रिय टोलीमा परेका आफ्ना खेलाडी छाड्न नसक्ने संयुक्त प्रेस विज्ञप्ती जारी गरेपछि एन्फा आफ्नो निर्णयबाट पछि हटेको छ ।
ए डिभिजन क्लबहरुको प्रेस विज्ञप्तीमा एन्फाको ध्यानाकषर्ण भएको जनाउँदै एन्फाले शुक्रबार राष्ट्रिय टोलीको प्रशिक्षण पूर्वनिर्धारित समयमा हुने र त्यसपछि स्थगित गर्ने जनाएको छ । सहिद स्मारक ए डिभिजन लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी फुकुवा गर्न भनेपछि क्लबहरु एन्फा असन्तुष्ट बनेका थिए ।
राष्ट्रिय टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले राष्ट्रिय टोलीका खेलाडीलाई बिहीबार बिहानबाट प्रशिक्षणका लागि बोलाएका थिए । तर क्लब र एन्फाबीच समन्वय नहुँदा सबै क्लबका खेलाडी प्रशिक्षणमा सामेल भएनन् । ए डिभिजन क्लबका प्रतिनिधिले बिहीबार एन्फाले विना छलफल एकतर्फी ढंगले निर्णय लिएकाले लिग नसकिंदासम्म खेलाडी प्रशिक्षणका लागि फुकुवा गर्न नसक्ने निर्णय लिएका छन् ।
क्लबहरुले लिगको तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी, म्यान अफ द म्याच लगायत रकम उपलब्ध नगराएकोले जेठ १९ गतेदेखि विरोध स्वरूप सबै खेलाडी र पदाधिकारीले कालो पट्टि लगाएर खेल्ने निर्णय गरेका छन् ।
बैठकमा फ्रेन्ड्स क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी, खुमलटार क्लब, सातदोबाटो युवा क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज क्लब र थ्री स्टार क्लबका प्रतिनिधि उपस्थित थिए । जावलाखेल र तीन विभागीय क्लब (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब) का प्रतिनिधि भने बैठकमा उपस्थित थिएनन् ।
राष्ट्रिय टोलीको प्रशिक्षणका लागि बोलाएका खेलाडी यस प्रकार छन् :
गोलकिपर – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)
डिफेन्डर – विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपिएफ फुटबल क्लब), अनन्त तामाङ (.चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (प्रेसिक केडिर), सिमान्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स)
मिडफिल्डर – पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्री स्टार), आवास लामिछाने (एपिएफ), विशाल तामाङ (जावलाखेल)
फरवार्ड – आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी ( संकटा), आशिष चौधरी (चर्च ब्वाइज), विमल घर्ती मगर (मछिन्द्र), जिलेस्पी जंग कार्की (आर्मी), दीनेश हेन्जन (आर्मी)

December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]