9 years ago
January 7, 2017
हेटौडा (हाम्रो खेलकुद)– खेलाडीबीच वाद विवाद, एक अर्कालाई धक्का दिने, फाउल हान्ने फुटबलमा सामान्य मानिन्छ । त्यसैले कतिले फुटबलमा हुने घटनालाई सामान्य बनाउनका लागि चेसभन्दा फरक हुने तर्क गरेको सुनिन्छ । तर, कहिले काही फुटबलमा हुने घटना दुई पक्षका खेलाडीका बीचमा मात्र रहन्न । विवादमा रफ्रीलाई पनि तानिन्छ ,पारिन्छ । टुबोर्ग हेटौडा गोल्डकपको फाइनलमा शनिबार यस्तै घटना भएको छ । जहाँ फिफा रेफ्री सुदीश पाण्डेलाई फाइनलपछि हातपातको प्रयास भएको थियो ।

फाइनल सिठ्ठी बजे लगत्तै पराजित लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीका केही खेलाडी र अफिसियल पाण्डेलाई हातपात गर्नका लागि मैदान प्रवेश गरेका थिए । त्यत्तिनै बेला सुरक्षाकर्मीको चलाखी र संयताका कारण उनीमाथी हात पात भने हुन पाएन । सुरक्षाकर्मी र आयोजकले उनलाई सुरक्षित स्थानसम्म लगाए । तर, मैदान निकै समय सम्म तनावग्रस्त जस्तो रह्यो । राष्ट्रिय टोलीलाई पटक पटक कप्तानी गरेका विराज महर्जननै आक्रोषित रुपमा प्रस्तुत भएका थिए ।

खेलका दौरान वा खेलपछि हुन सक्ने घटनाले भने नेपाली फुटबलमा सुरक्षाका विषय गम्भिर बन्दै गएको छ । जुन सुकै खेलमा पनि व्यक्तिको सुरक्षा पहिलो हुनुपर्दछ । त्यसपछि मात्र अन्य विषय आउँछन् । तर, खेलका निर्णायकलाई नै लक्षित गरेर आक्रमण गरिनुले फुटबल असुरक्षित बन्दै जाने खतरा बढेको छ ।
रेफ्री पाण्डेमाथि हात पातको प्रयास हुनुको कारण भने उनको निर्णय थियो । १९ औं मिनेटमा आर्मीले भरत खवासको गोलबाट आर्मीले खेलमा अग्रता लिएको थियो । त्यसको एक मिनेट पछि नै मनाङका अफ्रिकन मुलका ओलावाले आफिजले रातो कार्डको सामना गर्नुपरेको थियो । रातो कार्डको घटनामै उनी पाण्डेप्रति आक्रामक बनेका थिए । टोलीका अन्य खेलाडीले उनलाई थामथुमको प्रयास गरेका थिए । खेल सुरु भएदेखि नै आफिज तनाबमै देखिन्थे । आर्मीका खेलाडीको ह्यान्ड भएको भन्दै उनले अपिल गरेका थिए । आफ्नै टोलीका खेलाडीले पास नदिदा पनि उनी केही आक्रमक देखिएका थिए ।
आफिजले आर्मीका सन्तोष तामाङलाई फाउल हानेपछि पहेलो कार्ड पाएका थिए । त्यसमा उनको प्रतिक्रिया हाउफाउ हेर्दा उनीले अपशब्द प्रयोग गरेका थिए । त्यसको लगत्तै पाण्डेले रातो कार्ड देखाएका थिए । जसका कारण १० खेलाडीमा सिमित भएपछि मनाङको प्रदर्शन त्इसको असर परिरह्यो । अनन्त टोली २–० को हार बेहोर्यो । रफ्रीमाथि आक्रमणको प्रयास हार्नुका कारण देखाउने एउटा बहाना मात्रै थियो । त्यसले फुटबललाई नै बदनाम र असुरक्षित बनाउने काम गरेको छ ।
आफ्नो हर्कत सहि ठहराउने अर्को प्रयास स्वरुप मनाङले पुरस्कार समारोह वहिष्कार गर्ने अवस्थामा पुगेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष वीरबहादुर खड्काले सम्झाएपछि मनाङ पुरस्कार वितरणमा सहभागी भएको थियो ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]