default_image

9 months ago

June 4, 2023

संकटाले खुमलटारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनको दवाव झेलिरहेको संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको एफसी खुमलटारमाथि सहज जित हात पारेको छ । संकटाले खुमलटारमाथि ३–० को सहज जित हात पारेको हो । संकटाको सहज जितमा निशान खड्का, आयुष घलान र चन्दन दासले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलको […]

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनको दवाव झेलिरहेको संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको एफसी खुमलटारमाथि सहज जित हात पारेको छ ।

संकटाले खुमलटारमाथि ३–० को सहज जित हात पारेको हो । संकटाको सहज जितमा निशान खड्का, आयुष घलान र चन्दन दासले गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलको १६औं मिनेटमा निशान खड्काको गोलबाट संकटाले खेलमा १–० को अग्रता लिन सफल भयो । ३८औं मिनेटमा आयुष घलानले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे ।

त्यसपछि ७८औं मिनेटमा चन्दन दासले गोल गर्दै संकटालाई ३–० को जित दिलाए । यस महत्तपूर्ण जितसँगै संकटाले केही हदसम्म रेलिगेसनको दवाव छाडेको छ ।

१०औं स्थानमा उक्लिएको संकटाको २४ खेलबाट ३० अंक पुगेको छ । समान ३० अंक रहेपनि संकटा एपिएफ र एनआरटीभन्दा पछि रहँदा आर्मीभन्दा अघि छ ।

२८ अंक रहेको थ्री स्टार १२औं स्थानमा झरेको छ । पराजित खुमलटारलाई रेलिगेसनको दवाव बढेको छ । खुमलटार २४ खेलबाट २४ अंक जोडेर पुछारमा छ ।

February 23, 2024

पाँचथरमा कुम्मायक गोल्डकप अर्को महिना हुने

दिपक बोहोरा, पाँचथर पाँचथरमा अर्को महिना पाँचौ कुम्मायक गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुने चैत ११ गतेबाट हुने प्रतियोगितामा पाँचथरका ८ स्थानिय तहहरुको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । यासोक स्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले चाँदीको ट्रफि सहित १ लाख ११ हजार […]

February 23, 2024

क्रुसले सन्यास फिर्ता लिए

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय खेलबाट लिएको सन्यास फिर्ता लिएका छन् । जर्मनीको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानसँगको वार्तापछि क्लब फुटबलमा लगातार उच्च प्रदर्शन गरिरहेका ३४ वर्षीय क्रुसले आफ्नो सन्यास फिर्ता लिएका हुन् । जर्मनीले यसैवर्ष युरोकप २०२४ को आयोजना गर्दैछ । घरेलु मैदानमा हुने युरोकपलाई नै […]

February 23, 2024

साम्बाले समर्थकलाई दिइन् धन्यवाद

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेपछि सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकलाई धन्यवाद दिएकी छिन् । साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपमा बिहीबार आयोजक इराकविरुद्ध ५–० को जितमा सबै गोल गरेकी साम्बाको ५० गोल पूरा भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन् […]

Success

Thank you for your time.