default_image

9 years ago

January 8, 2017

आयोजक सुदूरपश्चिम ११ सेमिफाइनलमा

146 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – आयोजक सुदूर पश्चिम ११ स्पोर्टस् क्लब प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

khaptad-gold-cup-maniram-chaudhary-far-west-xi

धनगढी रगशालामा आइतबार भारतको पन्जाब ११ लाई ५–० को फराकिलो अन्तरले हराउँदैसुदूरपश्चिम अन्तिम चारमा पुगेको हो । घरेलु टोलीको जितमा मनिराम चौधरीले ह्याट्रिक गरे भने प्रयण्य अन्जान र सुमीत दुवेले समान १ गोल गरे । १४ औं मिनेटमा पहिलो गोल गरेका मनिरामले ४३ औं मिनेटमा अर्को गोल थपे । ५९ औं मिनेटमा तेस्रो गोल गर्दैै उनले ह्याट्रिक पुरा गरे । म्यान अफ द म्याच घाषित मनिराम चौधरीलाई नगद रु ५००० प्रदान गरिएको छ । सुमितले ३८ औं र प्रयण्यले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए ।

4

सुदूरपश्चिमका कप्तान गजेन्द्र शाहीले खेलाडीको समन्वय र मेहनतले जित प्राप्त गर्न सmल भएको बताए । अर्को तिर पञ्जाबका कप्तान कप्तान रिमी मेहराले टोलीले तालमेल गुमाएको बताए । माघ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ पाउनेछन् ।

खप्तड गोल्डकपमा सोमबारको खेल:
सिएमजी क्लब संकटाविरुद्ध जगदम्बा लुम्बिनी
दिल्ली युनाइटेडविरुद्ध सहारा क्लब, पोखरा

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.