default_image

3 years ago

June 8, 2023

साफका लागि अन्तिम टोली घोषणा

478 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ का लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम टोली घोषणा भएको छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ३ नयाँ खेलाडी समेट्दै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

भारतमा २१ जुनदेखि हुने प्रतियोगिताका लागि अनेसेले युवा र अनुभवी खेलाडीको सम्मिश्रण गर्दै टोली घोषणा गरेका हुन् । मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डरद्वय सिमान्त थापा र विमल पाण्डे पहिलो पटक टोलीमा परेका छन् ।

साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा ६ देखि १९ असारसम्म हुँदैछ । दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल कठिन समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा आयोजक भारतसँगै पाकिस्तान र पहिलो पटक सहभागी हुन लागेको कुवेत छ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालले ६ असारमा कुवेतविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । ९ असारमा नेपालले साविक विजेता भारतसँग खेल्नेछ । १२ असारमा नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ । हरेक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल १६ असारमा तथा फाइनल १९ असारमा हुनेछ ।

नेपाली टोली :

गोलरक्षक : किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)

डिफेन्डर : विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल युथ क्लब)

मिडफिल्डर :पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ)

फरवार्ड : आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशीष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र)

टोलीमा नपरेका ७ खेलाडी : दीनेश हेन्जन (आर्मी), जिलेस्पीजंग कार्की (आर्मी), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स), आशिष गुरुङ (मनाङ), विक्रम लामा (थ्री स्टार क्लब), विशाल तामाङ (जावलाखेल)

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.