2 years ago
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ । साफ च्याम्पियनसिपको तयारीको रुपमा रहेको मैत्रीपूर्ण खेलमा तीन खेलाडी डेब्युको प्रतीक्षामा हुनेछन् ।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले साफ च्याम्पियनसिपका लागि टोली घोषणा गर्दा ३ नयाँ खेलाडीलाई टोलीमा समेटेका हुन् । २३ सदस्यीय टोलीमा मिडफिल्डर लाकेन लिम्बुसहित डिफेन्डरद्वय सिमान्त थापा र विमल पाण्डेले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाए ।
लाकेन लिम्बु :

मिडफिल्डर लाकेन लिम्बु थ्री स्टारको कमजोर सिजनमा पनि मिडफिल्ड केन्द्रमा रहे । उनले सबै २६ खेलमा सुरुवाती रोजाइमा खेलेका थिए । यसक्रममा लाकेनले ३ गोल र ४ असिस्ट पनि प्रदान गरे । लाकेनले गोल गरेको खेलमा थ्री स्टार पराजित भएको थिएन ।
लाकेनले नेपालको मिडफिल्डमा खेल्ने प्रबल सम्भावना छ । आक्रमण र डिफेन्समा उत्तिकै चलायमान लाकेन शारीरिक रुपमा पनि बलिया छन् । बक्स टु बक्स मिडफिल्डरको भूमिकामा उनी प्रशिक्षक अनेसेको रणनीतिमा फिट हुन सक्छन् ।
विमल पाण्डे :

त्रिभुवन आर्मी फुटबल क्लबबाट सेन्टर डिफेन्समा खेल्दै आएका विमललाई प्रशिक्षक अनेसेले लेफ्ट ब्याकको जिम्मेवारी दिने लक्ष्यसहित टोलीमा समेटेका हुन् । शारीरिक रुपमा निपुण उनको वन भर्सेस वन डिफेन्डीङ राम्रो छ । प्रशिक्षक अनेसेले आफ्नो रणनीतिमा आक्रमण भन्दापनि रक्षात्मक रुपमा बलियो खेलाडी रोज्दै आएका छन् । त्यसैले विमल सुरुवाती रोजाइमा खेल्ने सम्भावना छ ।
विमलले जारी लिगमा १९ खेलमा आर्मीका लागि खेले । जसमध्य मात्र ११ खेलमा उनी सुरुवाती रोजाइमा रहेका थिए । चोटका कारण धेरै समय मैदानमा बिताउन नपाएका उनले आर्मीको डिफेन्सलाई केहि बलियो बनाएका थिए ।
सिमान्त थापा :

जावलाखेलले यस सिजन लिगमा उच्च प्रदर्शन गर्दा सिमान्तले कप्तानको भूमिका निर्वाह गरेका थिए । मुख्यत: राइट ब्याक पोजिसनमा खेल्दै आएका उनले आवश्यक पर्दा सेन्टर ब्याकको जिम्मेवारी पनि निभाए । उनले लिगको २२ खेलमा सुरुवाती रोजाइमा खेल्दै पूरा समय मैदानमा बिताएका थिए ।
सिमान्तले लिगको सुरुवाती दुई खेलमा गोल पनि गरेका थिए । उनकै गोलमा जावलाखेलले मच्छिन्द्रलाई ३-१ र एनआरटीलाई २-१ ले पराजित गरेको हो । सिमान्त राष्ट्रिय टोलीमा भने सनिशको विकल्पको रुपमा रहनेछन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]