default_image

3 years ago

June 21, 2023

नेपालले कुवेतसँग खेल्दै

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । खेल भारतको बेंगलोरस्थित कन्तिराभा रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल गत विहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेर चार दिनअघि भारत आइपुगेको हो । फिलिपिन्ससँग १-० को हार बेहोरेपनि नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेको थियो । यता कुवेतले पनि साफका लागि राम्रो तयारी गरेको छ । दुई अनौपचारिक मैत्रीपूर्ण खेलमा अफ्रिकी टोलीलाई हराएको कुवेत नेपालविरुद्ध आफ्नो वर्चस्व कायम गर्न चाहन्छ ।

कुवेतले अहिलेसम्म नेपालविरुद्ध हार बेहोरेको छैन । सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा रोक्नु नै कुवेतविरुद्ध नेपालको सबैभन्दा ठूलो उपलब्धि हो । नेपाल पछिल्लो भेटमा भने कुवेतसँग ४-१ ले पराजित भएको थियो ।

त्यसयता नेपाली टोलीमा धेरै परिवर्तन आएको छ । प्रशिक्षक अनेसेले पनि कुवेतसँग सतर्कताका साथ खेल्ने अनुमान लगाउन सकिन्छ । आजको खेलमा अंक हासिल गर्न सके नेपालले राम्रो सुरुवात गरेको मान्न सकिन्छ ।

यो पनि : थोरै अपेक्षा र धेरै आशामा नेपालको साफ यात्रा

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.