default_image

3 years ago

June 21, 2023

थोरै अपेक्षा र धेरै आशामा नेपालको साफ यात्रा

368 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका लागि साफ च्याम्पियनसिप सबैभन्दा महत्त्व बोकेको प्रतियोगिता हो । माल्दिभ्समा सम्पन्न पछिल्लो संस्करणको फाइनलमा नेपालले पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । उपाधि भिडन्तमा भारतसँग स्तब्ध हुँदै फर्किएको नेपाली टोलीको त्यसपछिको लक्ष्य उपाधिका लागि हुनुपर्ने थियो, तर भारतमा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल उपाधिको अपेक्षा भन्दापनि राम्रो प्रदर्शन गर्ने आशासहित मैदानमा उत्रनेछ ।

कमजोर तयारी, खेलाडी पलायनका कारण नयाँ स्वरूपको टोली, प्रतियोगिताको फेरिएको अवस्था र नयाँ प्रशिक्षकले टोलीसँग निकै कम समय पाएका कारण यसपटक नेपाल विगतभन्दा फरक माहोलमा साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदैछ । विगतमा नेपालले महिनौंको तयारी गरेर साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य लिएर प्रतिस्पर्धा गर्ने गर्थ्यो । तर यसपटक चौतर्फी बाधा अड्चनले नेपाल उपाधि भन्दापनि समूह चरण पार गर्ने पहिलो लक्ष्य सोचेर भारत पुगेको छ ।

विगतमा नेपालले समूह चरण पार गर्नेबारे खासै चिन्ता लिनुपर्ने अवस्था रहँदैन थियो । कुनै संस्करणमा खराब प्रदर्शनका कारण नेपाल समूह चरणबाटै बाहिरिएको पनि छ, तर त्यसबेला पनि टोलीबाट धेरै अपेक्षा रहने गर्थ्यो । जसका कारण टोलीको प्रदर्शनमा निराशा पनि उत्तिकै बढी थियो । यसपटक भने त्यो अवस्था छैन ।

यसपटक साफमा दुई आमन्त्रित टोलीको आगमनले पनि प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्ने पक्का छ । कुवेत र लेवनानको आगमनले समूह चरणमा अझ चुनौती थपिएको छ । पाकिस्तानले विदेशमा लिग खेल्दै आएका खेलाडीलाई प्राथमिकतामा राख्दै टोली निर्माण गर्नुले नेपाललाई अझ कठिन हुने अनुमान छ । भारतको फुटबल दिन प्रतिदिन उकालो लाग्दा छिमेकी नेपालमा भने नैराश्यता छाउँदै गएको कसैबाट लुकेको छैन ।

तीन महिनाअघि नेपाल आइपुगेका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले थ्री नेसन्स कपपछि एउटा पनि पूर्ण प्रशिक्षण सेसन नराखी साफका लागि अन्तिम टोली घोषणा गर्नुपरेको थियो । ए डिभिजन लिगको कारण तीन पटक रणनीतिक प्रशिक्षणबाट खेलाडी छनोट गरेका अनेसेले त्यसपछि भने १० दिन तयारी गर्ने अवसर पाए । यसबीचमा नेपालले गत विहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल पनि खेल्यो ।

फिलिपिन्सविरुद्ध लाकेन लिम्बु र विमल पाण्डेले सुरुवाती रोजाइमा खेलेर राष्ट्रिय टोलीका लागि डेब्यु गरे । दुवैको प्रदर्शन सन्तोषजनक नै रह्यो । अनुभवी डिफेन्सको भरमा सिकारु मिडफिल्डसहित नेपाली टोली साफको चुनौती दिन जाँदा मिश्रित आक्रमणले थप जिम्मेवारी लिनुपर्ने देखिन्छ ।

नेपाली टोलीमा कप्तान किरण चेम्जोङसँगै डिफेन्डरद्वय अनन्त तामाङ र रोहित चन्दमा नेपालको नतिजा भर पर्ने देखिन्छ । सेन्टर डिफेन्समा देवेन्द्र तामाङ र गोलरक्षणमा विशाल श्रेष्ठ र दिप कार्कीको अनुभव पनि विकल्पमा छ । तर विंगब्याकमा भने नेपाललाई समस्या नै छ । राइट ब्याकमा सनिश श्रेष्ठले डेब्युयता राम्रो प्रदर्शन गरेका छन् । तर सनिश, विमल पाण्डे, निशान खड्का र सिमान्त थापा सबैको कुल खेल जोड्ने हो भने मात्र ६ क्याप हुन आउँछ । यो अनुभवको कमी नेपाललाई भारी पर्न सक्छ ।

मिडफिल्डमा भने पुजन उपरकोटी र एरिक विष्ट आफैं खासै अनुभव बोकेका खेलाडी छैनन् । पछिल्लो ४ वर्षयता नियमित खेल्दै आएका यिनलाई लाकेनसँगै एपिएफका आवास लामिछाने, नविन लामा र मणि लामाले सहयोग गर्नेछन् ।

आक्रमणमा नवयुग श्रेष्ठ, अन्जन विष्ट र विमल घर्ती मगरको अनुभवलाई आयुष घलान, आशिष चौधरी, दिपक राज सिंह ठकुरी र मनिष डाँगीको जोशले साथ दिनेछन् । विशेषगरी युवा आशिष र मनिषको गती प्रशिक्षक अनेसेले बेन्चबाट प्रयोगमा ल्याउने देखिन्छ । साफ प्रतियोगितामा जम्दै आएका विमलले पनि आफ्नो स्तर प्रमाणित गर्न यो समय सदुपयोग गर्न सक्छन् ।

नेपालको समूहमा भारत, पाकिस्तान र कुवेत रहेका छन् । कुवेतसँग बुधबार प्रतियोगिता सुरुवात गर्दा नेपाल कम्तिमा अंक नगुमाउने रणनीतिमा हुनेछ । यस नतिजाले नै नेपालको साफको भविष्य कता जान्छ भने निर्क्यौल गर्नेछ । तर जस्तो तयारी भएको छ, टोलीबाट नतिजाको अपेक्षा गर्नुभन्दा राम्रो प्रदर्शनको आशा गर्नु नै न्यायोचित हुन्छ ।

नेपाली टोली :

गोलरक्षक : किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)

डिफेन्डर : विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल युथ क्लब)

मिडफिल्डर :पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), लाकेन लिम्बु (थ्री स्टार), आवास लामिछाने (एपिएफ)

फरवार्ड : आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशीष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.