default_image

2 years ago

June 21, 2023

मुसिएला र बेलिङहमसँगै गाभी गोल्डेन ब्वाई अवार्डको मनाेनयनमा

291 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका जमल मुसिएलासँगै रियल म्याड्रिडका जुड बेलिङहम र बार्सिलाेनाका गाभी यसपालीको गोल्डेन ब्वाई अवार्डको मनोनयनमा परेका छन् ।

यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध भएका जुड बेलिङहमसँगै इंग्ल्यान्डका ८ खेलाडी गोल्डेन ब्वाई अवार्डको लागि १०० जनाको सुचीमा परेका छन् । १९ वर्षीय बेलिङहमसँगै लिभरपुलका हार्वे इलिएट र म्यानचेस्टर सिटीका रिको लुइस पनि मनोनयनमा परेका छन् ।

यस्तै यो सुचीमा सन् २०२२–२३ सिजनमा प्रिमियर लिगमा खेलेका १३ खेलाडी परेका छन् । तीमध्ये ब्राइटनका चार, म्यानचेस्टर सिटी, चेल्सी र लिभरपुलका समान दुई खेलाडी मनोनयनमा परेका छन् ।

युरोप भित्र उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्षमुनिको खेलाडीलाई दिइने यो अवार्ड गत वर्ष बार्सिलोनाका मिडफिल्डर गाभीले जितेका थिए । आयोजक टुट्टोस्पोर्टको वेबसाइट र युरोपेली पत्रकारहरूको मतबाट विजेताको निर्णय गरिनेछ ।

चेल्सीका विंगर रहिम स्टर्लिङ सन् २०१४ मा लिभरपुलमा हुँदा अवार्ड जित्ने अन्तिम इङ्लिस खेलाडी थिए । वेन रुनी, लियोनेल मेस्सी, केलियन एमबाप्पे र एर्लिङ हालान्डले यो उपाधि जितेका सकेका छन् । जर्मन क्लब बायर्न म्युनिखका जमल मुसिएलासँगै जुड बेलिङहम यस वर्षको अवार्ड जित्ने सबैभन्दा दावेदार खेलाडी हुन् ।

यस्तै मनोनयनमा जमल मुसिएलासँगै बार्सिलोनाका गाभी, बेन्फिकाका एन्टोनियो सिल्भा, बार्सिलोनाकै एलहान्द्रो बाल्डे, पिएसभीका जाभी सिमोन्स, बायर लिभरकुसनका फ्लोरिएन हृट्ज र म्यानचेस्टर युनाइटेडका एलहान्द्रो गर्नाचो पनि मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका प्रिमियर लिगका खेलाडी
हार्वे इलिएट (लिभरपुल)
रिको लुइस (म्यानचेस्टर सिटी)
स्टेफान बाजेटिक (लिभरपुल)
लेवी कोलविल (ब्राइटन)
अलेजान्ड्रो गार्नाचो (म्यानचेस्टर युनाइटेड)
इभान फर्गुसन (ब्राइटन)
जुलियो सेजर एन्सिसो (ब्राइटन)
रोमियो लाविया (साउथम्प्टन)
विल्फ्रेड गोन्टो (लिड्स युनाइटेड)
फकुन्डो (ब्राइटन)
लुइस हल (चेल्सी)
म्याक्सिमो पेरोन (म्यानचेस्टर सिटी)
कार्ने चुकविमेका (चेल्सी)
अन्य इंग्लिस खेलाडी
जुड बेलिङहम (रियल म्याड्रिड), जेमी बाइनो गिटन्स (बोरुसिया डर्टमुन्ड) र स्यामुएल इलिङ जुनियर (युभेन्टस)

November 15, 2025

क्रोएसियाको विश्वकपमा छनोट

एजेन्सी – क्रोएसियाले शुक्रवार फारो आइसल्यान्ड्सलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि स्थान पक्का गरेको छ। खेलमा पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। रियेकामा भएको खेलको १६ औं मिनेटमा गेझा डेविड टुरीको गोलमा फारोले अग्रता लियो। तर २३ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए। ५७ औं […]

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

Success

Thank you for your time.