default_image

9 years ago

January 10, 2017

नेपालको तर्फबाट फिफा अवार्डमा कसले कसलाई भोट गरे?

133 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सोमबार राति भएको फिफा २०१६ फुटबल अवार्ड्स समारोहमा विभिन्न विधाहरुमा पुरस्कार वितरण गरियो।

anil-gurung-and-gytoku-koji

यसैबीच, ‘द बेष्ट’ पुरुष र महिला खेलाडी एवं प्रशिक्षकमा भने नेपाली पुरुष र महिला राष्ट्रिय टोलीका कप्तान एवं प्रशिक्षकले पनि मतदान गरेका थिए। हेरौं कसले कसलाई भोट दिए:

पुरुष टोलीका प्रशिक्षक ग्योतोकु कोजी:
प्रशिक्षक – १. योर्गेन क्लप २. डिएगो सिमिओनी ३. जोसेप गुआर्डीओला
खेलाडी – १. लिओनेल मेस्सी २. ग्यारेथ बेल ३. पल पोग्बा

पुरुष टोलीका कप्तान अनिल गुरुङ:
प्रशिक्षक – १. फर्नान्डो सान्तोस २. क्लौदियो र्यानेरी ३. जिनेदिन जिदान
खेलाडी – १. क्रिस्टियानो रोनाल्डो २. नेयमार ३. लिओनेल मेस्सी

महिला टोलीका प्रशिक्षक कुमार थापा:
प्रशिक्षक – १. सिल्विया नेइड २. मार्टिना ३. वोर्ल थोमसखेलाडी – १. कुमगाई साकी २. सिन्क्लेअर क्रिस्टिन ३. सारा डाब्रिट्ज

महिला टोलीका कप्तान लक्ष्मी कुमारी पौडेल: [भोटिङको समयमा नेपाली टोलीको कप्तान नतोकिएको हुँदा पौडेलले सिनिएर प्लेयरको हैसिएतले मतदान गरेकी हुन्।]
प्रशिक्षक – १. जिल एलिस २. हर्डम्यान जोन ३. जेरार्ड प्रेसर
खेलाडी – १. अमानडाइन हेनरी २. मार्टा ३.कुमागाई साकी

नेपालको तर्फबाट मिडियाको भोट भने ‘द काठमाडौँ पोष्ट’का रितेश रिजालले हालेका थिए। उनको छनोट हेर्नुहोस:

महिला प्रशिक्षक – १. जिल एलिस २. भादावो ओस्वल्दो ३. जोन हर्डम्यान
महिला खेलाडी – १. मार्टा २. क्यर्ली लोइड ३.सारा डाब्रिट्ज
पुरुष खेलाडी – १. लिओनेल मेस्सी २. क्रिस्टियानो रोनाल्डो ३. ग्यारेथ बेल
पुरुष प्रशिक्षक – १. फर्नान्डो सान्तोस २. डिएगो सिमिओनी ३. जोसेप गुआर्डीओला

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.