default_image

9 years ago

January 10, 2017

फिफा अवार्डमा मेस्सी र बार्सिलोनामाथि रोनाल्डोको व्यंग्य

104 views

0 Bookmark

ज्युरीच (एजेन्सी) – सोमबार राति स्विट्जरल्यान्डको ज्युरीचमा आयोजित फिफाको २०१६ फुटबल अवार्डमा पोर्चुगल एवं रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले ‘द बेष्ट’ पुरुष खेलाडीको उपाधि जिते।

cristiano-ronaldo-the-best

उक्त पुरस्कार समारोहमा बार्सिलोनाका कोहि पनि खेलाडी उपस्थित थिएनन्। लिओनेल मेस्सी, लुइस सुआरेज, अन्द्रेस इनिएस्टा र जेरार्ड पिके फिफा एघारमा पर्ने सम्भावना हुदाँहुदैंपनि क्लबको बुधबार हुने खेलको बहाना देखाएर अनुपस्थित भएका थिए। शिर्ष तिन खेलाडीमध्य एक रहेका लिओनेल मेस्सिको अनुपस्थितिले कार्यक्रम केहि खल्लो भएको अभिव्यक्ति पनि केहिले दिएका थिए।

यसैबीच ‘द बेष्ट’ पुरुष खेलाडीको उपाधि ग्रहण गरिसकेपछि मंचमा पुगेका रोनाल्डोले बार्सिलोनाका खेलाडीहरु नआएकोमा व्यंग्य प्रहार गरे। ‘आज हामीमाझ बार्सिलोनाका खेलाडीहरु छैनन्, र म बुझ्छु कि उनीहरु किन नआएका हुन्। उनीहरु भएको भए माहोल अझ अर्कै हुने थियो।’, रोनाल्डोले हाँस्दै भने।

रोनाल्डोसंगै बार्सिलोनाका पुर्व खेलाडी एवं हाल युभेन्टसबाट खेल्दै फिफा एघारमा पर्न सफल ब्राजिलक ड्यानी आल्भेसले पनि बार्सिलोनाका खेलाडी नआएकोमा असन्तुष्टी जनाए।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.