9 years ago
January 10, 2017
धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी धनगढीमा जारी भागेश्वर गुप्र खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा मंगलबार भुटानको ड्रुकस्टार फुटबल क्लबलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

सोझै क्वार्टरफाइनल पुगको मनाङ र भुटानी क्लबले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । ५१ औं मिनेटमा ओलावाले आफिजले गोल गरेपछि मनाङले खेलमा अग्रता बनाउको थियो । ८९ औं मिनेटमा सुशिल लामाले गोल गर्दै मनाङको जित सुनिश्चित पारे । मनाङका कप्तान अनिल गुरुङले सुरुआती खेलमा सधैं राम्रो खेल्न नसकेको भन्दै अबका खेलमा प्रदर्शन सुधार हुने विश्वास व्यक्त गरे । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भुटानी क्लबको प्रदर्शनको प्रसंसा गरे । उनले आफ्नो टोलीले दोस्रो हाफमा राम्रो प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए ।
ड्रुकस्टारका सहायक प्रशिक्षक टसी डेन्डुकले विपक्षी टीम वढी अनुभवी भएको र आफ्ना टोलीका खेलाडी कम उमेर र अनुभवका कारण जित्न नसकेको बताए । मनाङका आफिज म्यान अफ दी म्याच घोषित भए । उनले पुस २३ गते टुबोर्ग हेटौडा गोल्डकपको आर्मीविरुद्धको फाइनलमा रातो कार्ड पाएका थिए ।
भागेश्वर गुप्रको मुख्य प्रायोजनमा भईरहेको गोल्डकपमा मनाङअघि भारतको दिल्ली युनाईटेड र आयोजक सुदुरपश्चिम ११ यस अघि नै सेमिफाईनल पुगिसकेका छन । मनाङले सेमिफाइनलमा दिल्ली युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक सुदुरपश्चिम ११ ले भने सेमिफाईनलमा नेपाल आर्मी र संकटाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले दुई लाख ५१ हजार नगद पाउनेछन । माघ १ गतेसम्म चल्ने प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साईकल पाउनेछन् ।
खप्तड गोल्डकप फुटबल प्रतियोगितामा बुधबारको खेल: नेपाल आर्मी क्लब र सिएमजी क्लब संकटा
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]