2 years ago
June 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल एपिएफ फुटबल क्लबले दिएको निवेदनमा निर्णय दिन विलम्ब गर्दा सशस्त्र प्रहरी बलले आफू मातहतका फुटबल खेलाडीलाई देशभरका विभिन्न युनिटमा रमाना गरेको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा १३ औं स्थानमा रहेसँगै बि डिभिजनमा घटुवा भएको एपिएफले लिग सम्पन्न भएको भोलिपल्ट नै एन्फालाई दुई फरक शीर्षकमा पत्र लेखेको थियो । लिगका केही खेलमा मिलेमतो भएको आशंकाको छानविन माग गरेको एपिएफले थ्री स्टार क्लबका विदेशी खेलाडीले विना भिसा खेलेको भन्दै एन्फालाई पत्र लेखेको थियो । एपिएफले पत्रसँगै प्रमाण पनि बुझाएको थियो । तर हालसम्म एन्फाबाट कुनै जवाफ नआएपछि एपिएफले विभागमा रहेका आफ्ना फुटबल खेलाडीलाई विभिन्न युनिटमा रमाना गरेको हो ।
एपिएफको मुख्य टोली र दोस्रो टोलीका खेलाडी र प्रशिक्षक गरेर ५३ जनालाई राजधानीबाहिर देशको विभिन्न युनिटमा रमाना गरिएको हो । सबै खेलाडीलाई आ-आफ्नो दरवन्दी भएको युनिटमा पठाइको हो । उनीहरुले अब आ-आफ्नो बहिनीमा रहेर प्रशिक्षण र नियमित ड्युटी गर्नेछन् । यसबाहेक एपिएफले करारमा रहेका फुटबल खेलाडीलाई पनि फुकुवा गरेको छ ।
एपिएफले लिग खेलेका चार विदेशी खेलाडीलाई फुकुवा गरिसकेको छ । गोलरक्षक युया कुरियामा, डिफेन्डर अडामा डुम्बिया तथा फरवार्डद्वय अर्मान्ड बिडम र अब्दु रमानीले लिग खेलेका थिए । कुरियामा र बिडमले भुटानी टोली थिम्पु सिटी एफसीसँग सम्झौता गरिसकेका छन् ।
यता नेपाली राष्ट्रिय टोलीमा रहेका चार मध्य दुई खेलाडीलाई पनि एपिएफले फुकुवा गरिसकेको छ । डिफेन्डर सनिश श्रेष्ठ र मिडफिल्डर आवास लामिछाने करारमा रहेकोमा उनीहरुलाई फुकुवा गरिएको छ । मिडफिल्डरद्वय नविन लामा र मणि लामा भने साफ खेलेर फर्केपछि आ-आफ्नो युनिटमा रमाना हुनेछन् ।

एन्फाबाट जवाफ नआएकाले विभागले खेलाडीलाई बाहिर पठाउने निर्णय लिएको एपिएफका उच्च अधिकारीले हाम्रो खेलकुदलाई बताए । ‘हामीले एन्फालाई निकै गम्भीर विषयमा पत्र लेखेका थियौं । तर हालसम्म त्यसको जवाफ पाएका छैनौं । एन्फाका अध्यक्ष र महासचिवले मौखिक रुपमा चाडै निर्णय गर्छौं भन्नुभएको छ, तर हामीले कुनै जवाफ पाएका छैनौं,’ उनले भने ।
विभागले एन्फाको निर्णय नआउँदासम्म के गर्ने भन्ने प्रष्ट नहुँदा हाल खेलाडीलाई रमाना गरिएको उनले बताए । ‘हामीले एन्फाको जवाफ नआउँदासम्म के गर्ने भन्ने निर्णय लिन सकेका छैनौं । अब के गर्ने भन्ने अस्पष्ट भएपछि हाललाई खेलाडीलाई आ-आफ्नो युनिट पठाउने निर्णय विभागले लिएको छ । अब एन्फाले के निर्णय दिन्छ, त्यो अनुसार हामीले निर्णय लिनेछौं,’ एपिएफ अधिकारीले भने ।
एपिएफ लिगको आफ्नो अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग ४-० ले पराजित हुँदा त्यो नै रेलिगेसनको कारण बन्यो । फ्रेन्ड्स क्लबसँग अंक बराबर भएपछि हेड टु हेडको आधारमा पछि पर्नु रेलिगेसनमा निर्णायक बनेको थियो । अन्तिम खेलमा थ्री स्टारले जावलाखेलले हराएसँगै एपिएफ रेलिगेसनमा परेको थियो । एपिएफले उक्त खेलमा थ्री स्टारका विदेशी खेलाडीको भिसा सकिएको भन्दै एन्फामा प्रमाणसहित पत्र लेखेको थियो । त्यसबाहेक एपिएफले फ्रेन्ड्स क्लबले लिगमा खेलेको खेलमा मिलेमतो भएको आशंकासहित छानविनका लागि पनि एन्फालाई पत्र लेखेको थियो ।
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]