default_image

9 years ago

January 10, 2017

चितवनलाई भेट्रान नाइन ए साइड फुटबल उपाधि

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चितवन फुटबल क्लबले प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

chitwan-wins

चन्द्रागिरीको ठूलो ढुंगामा मंगलबार भएको फाइनलमा चितवनले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–० ले हराएको थियो । चितवनका लागि रविन्द्र श्रेष्ठले १ गोल गरे भने बाँकी २ गोल आत्माघाती थिए । चितवनले क्वाटरफाइनलमा ४० प्लस फाउन्डेसनलाई १–० तथा सेमिफाइनलमा वीरगन्ज युथ एकेडेमीलाई ४–० गोलले हराउदै फाइनलमा स्थान पक्का गरेको थियो । एकेडेमीले क्वाटरफाइनलमा कैलालीको साइनिङ सन फुटबल एकेडेमीलाई ४–१ तथा सेमिफाइनलमा नाइट किङ क्लब, नाइट किङ क्लब, सानो गौचरणलाई २–१ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

उपाधिसंगै चितवनले १ लाख रुपैयाँ र आयोजक एकेडेमीले ५० हजार रुपैयाँ प्राप्त गर्यो । आयोजक एकेडेमीका नरोत्तम गौतम ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिए । चितवनका छन्नुराम चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए । नाइट किङका रवि महर्जन तथा चितवनका रविन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । प्रतियोगिता अवधिभर दुवैले समान ४ गोल गरे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एकेडेमीका पूर्व अध्यक्ष रमेश सिलवाल र एकेडेमीका अध्यक्ष एवं सांसद् विनोद श्रेष्ठले पुरस्कृत गरे । चारदिने प्रतियोगितामा मोफसलका ३ सहित ८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.