2 years ago
June 30, 2023
एजेन्सी – अर्जेन्टिनी जेरार्डो ‘टाटा’ मार्टिनो अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

इन्टर मियामीले अर्जेन्टिना र क्याटलान क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक मार्टिनोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । ६० वर्षीय मार्टिनोले फिल नेभिलको स्थान लिनेछन् । उनी १ जुनमा बर्खास्त गरिएको थियो ।
इन्टर मियामीको नयाँ प्रशिक्षक नियुक्त भएसँगै मार्टिनो र लियोनल मेस्सीबीच पुनर्मिलन हुने भएको छ । सात पटकका बालोन डी’ओर विजेता मेस्सी र मार्टिनोले यसअघि बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टोलीमा सँगै रहेका थिए । उनीहरुबीच तेस्रोपटक सहकार्य हुनेछ । मेस्सीले यसै समरमा फ्रान्सेली क्लब पिएसजी छाड्दै मियामी आएका थिए ।
सन् २०२२ को फिफा विश्वकपमा उनी मेक्सिकोका प्रशिक्षक रहेका थिए । मेक्सिको समूह चरणबाटै बाहिरिएपछि अर्जेन्टिनी मार्टिनोले आफ्नो पदबाट राजीनामा दिएका थिए ।
‘टाटा एक उच्च सम्मानित व्यक्तित्व हो । उनको रेकर्ड आफैं बोल्छ ।’ इन्टर मियामीका सह मालि डेभिड बेकह्यामले भने, ‘हामी विश्वस्त छौं कि उनको अनुभवले हाम्रो टोलीलाई प्रेरणा दिनेछ र हाम्रा फ्यानहरूलाई उत्साहित बनाउनेछ उनको प्रभाव हेर्न तत्पर छौं ।’
मार्टिनोले आफ्नो कामको कागजात प्राप्त गरेपछि कोचिङको जिम्मेवारी ग्रहण गर्नेछ । मार्टिनोसँग एमएलएसको अनुभव छ । दुई वर्ष एमएलएस बसाई उनले २०१८ मा एट्लान्टा युनाइटेडलाई एमएलएस कपको उपाधि दिलाएका थिए । इन्टर मियामी १८ खेलबाट १३ हारका साथ तल्लो क्रममा छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]