2 years ago
July 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल खेलमा गोल गरेपछि खुसियाली मनाउँदा खर्च हुने समय अब हरेक हाफ पछि थप गरिने समय गणना गर्दा जोडिने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले सन् २०२३/२४ सिजनका लागि नियमहरु परिमार्जन गर्ने क्रममा यो निर्णय लिएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेल संचालनका लागि लागु गर्दै आएको नियम (लज अफ द गेम) आईएफएबीले नै संरक्षण तथा समायोजन गर्दै आएको छ ।
लज अफ द गेमको धारा ७ को उपधारा ३ मा ‘खर्च भएको समय थप गरिने’ शीर्षकमा अब गोल सेलेब्रेसनलाई पनि बेग्लै शीर्षक राखेर समावेश गरिने भएको हो । यसअघि गोल सेलेब्रेसनलाई समय थपको अन्य कारणको रुपमा लिइने गरेको थियो ।

नयाँ नियम अनुसार अब तल दिइएका घटनालाई मध्यनजर गर्दै रेफ्रीले हाफको अन्त्यमा समय थप्नेछन् :
यो नियम सन् २०२३/२४ सिजनदेखि विश्वभर लागु हुनेछ । अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार नयाँ सिजन सुरु भइसकेको छ र अधिकांश ठूला लिगमा ट्रान्सफर विन्डो पनि खुला छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]