2 years ago
July 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल खेलमा गोल गरेपछि खुसियाली मनाउँदा खर्च हुने समय अब हरेक हाफ पछि थप गरिने समय गणना गर्दा जोडिने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले सन् २०२३/२४ सिजनका लागि नियमहरु परिमार्जन गर्ने क्रममा यो निर्णय लिएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेल संचालनका लागि लागु गर्दै आएको नियम (लज अफ द गेम) आईएफएबीले नै संरक्षण तथा समायोजन गर्दै आएको छ ।
लज अफ द गेमको धारा ७ को उपधारा ३ मा ‘खर्च भएको समय थप गरिने’ शीर्षकमा अब गोल सेलेब्रेसनलाई पनि बेग्लै शीर्षक राखेर समावेश गरिने भएको हो । यसअघि गोल सेलेब्रेसनलाई समय थपको अन्य कारणको रुपमा लिइने गरेको थियो ।

नयाँ नियम अनुसार अब तल दिइएका घटनालाई मध्यनजर गर्दै रेफ्रीले हाफको अन्त्यमा समय थप्नेछन् :
यो नियम सन् २०२३/२४ सिजनदेखि विश्वभर लागु हुनेछ । अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार नयाँ सिजन सुरु भइसकेको छ र अधिकांश ठूला लिगमा ट्रान्सफर विन्डो पनि खुला छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]