default_image

9 years ago

January 11, 2017

बिमल सोमबार स्पेन जादै

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगर सोमबार स्पेन जाने भएका छन् । बिमल सोमबार त्यसतर्फ जाने तयारीमा छन् भने अन्जन २५ गतेतर्फ स्पेन प्रस्थान गरिसकेका छन।  दुवै स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिनका लागि त्यसतर्फ जान लागेका हुन् ।

Bimal Gharti Magar and ANjan Bista

मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले गत बर्ष केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेका थिए । गत बर्ष फागुनमा मार्बेलाले नेदरल्यान्ड्स पुगेर मैत्रीपूर्ण खेल खेलेका थिए । त्यति बेला बिमललाई पनि अभ्यासका लागि बोलाइएपछि उनी चोटका कारण गएनन् । यसपटक अनन्त त्यसतर्फ जाने छैनन् । एएफसी सोलिडारिटी कपका दौरान अनन्तको घुँडामा चोट लागेको थियो । गत महिला घुँडाको शल्यक्रिया गराएका उनी अहिले आराम गरिएका छन् ।

विगतमा जस्तै अहिले पनि लुइस डी ब्रायजले उनीहरुको अभ्यासको व्यवस्था मिलाएका हुन् । व्यक्तिगत कारणले बिमलले अन्जन भन्दा एक हप्ता पछी अर्थात सोमबार  जाने हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । स्पेन यात्रालाई लिएर बिमल उत्साहित छन् । मैले पहिला पनि युरोप गएर अभ्यास गरिसकेको छु ,’ उनले भने,‘अहिले फेरी मौका मिलेको छ । यो मेरो  लागि सिक्ने अवसर हो र पहिले भन्दा यसपाली अभ्यास र ट्राइलभन्दा केही नयाँ हुने अपेक्ष्या राखेको छु।’

मार्बेला युनाइटेड युएस सकर एकेडेमीको शाखाको रुपमा स्पेनको मालागामा स्थापित क्लब हो । सुरुमा युएस सकरकै नाममा स्थापना गरिए पनि २०१४ मा मार्बेला युनाइटेड एफसी नाम राखिएको क्लबको बेभसाइटमा उल्लेख छ । नेपालले पछिल्लो डेढ बर्षमा फुटबलमा चारवटा उपाधि जितेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.