9 years ago
January 11, 2017
धनगढी (हाम्रो खेलकुद)– हेटौडा च्याम्पियन भएको एकसाता नबित्दै नेपाल आर्मी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपबाट बाहिरिएको छ । सिएमजी क्लब संकटासँग २–१ ले पराजित हुँदै आर्मी प्रतियोगितबाट बाहिरिएको हो । संकटा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

बुधबारको नतिजासँगै अन्तिम चारको समिकरण पुरा भएको छ । भारतको दिल्ली युनाइटेड, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्बल र सुदुरपश्चिम ११ फुटवल क्लब यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । संकटाले आयोजना टोलीसँग शुक्रबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शनिबार मनाङलाई २–० ले हराउँदै टुबोर्ग हेटौडा गोल्डकप जितेको आर्मीले बुधबारको खेलमा पनि अधिकांश समय बल नियन्त्रणमा राख्नाका वावजुद हार बेहोरको थियो । १६ औं मिनेटमा मार्टिन अएजीले पहिलो संकटाकाा लागि गोल गरे । त्यसको नौं मिनेटपछि नै मार्टिनले अर्को गोल थपे । ६१ औं मिनेटमा आर्मीका लागि टंक वुढाथोकीले गोल फर्काउँदै अन्तरलाई घटाएका थिए । तर, त्यसपछि पटक पटकको प्रयास असफल भएपछि आर्मीको सुदूरपश्चिम यात्रा टुंगिएको थियो ।
संकटाका प्रशिक्षक सल्यान खड्गीले सुरुमा गोल गर्ने रणनिति अनुसार सफलता मिलेको र त्यसपछि सम्हालिएर खेल्दा नतिजा आफ्नो पक्षमा परेको बताए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले सुरुमा गोल खाएपछि दबावमा पर्नु र आफ्ना प्रयास असफल हुनुले हार्नु परेको बताए । माघ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख, दोस्रो हुने टोलीले २ लाख ५२ हजार र उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।
खप्तड गोल्डकपमा बिहीबारको खेल: सेमिफाइनल मनाङविरुद्ध दिल्ली युनाईटेड
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]