default_image

9 years ago

January 11, 2017

उदयपुर गोल्डकप माघको अन्तिम साता सुरु हुने

174 views

0 Bookmark

उदयपुर (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा अर्को गोल्ड कप आयोजनाको तयारी भइरहेको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा उदयपुर गोल्डकपको चौथो संस्करण माघको अन्तिम साता देखि सुरु हुने भएको छ । उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै गोल्ड कप माघ २७ देखि फागुन ५ गते सम्म संचालन हुने जानकारी दियो ।

udaypur-gold-cup

जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोगमा गोल्ड कप फुटवल प्रतियोगिता हुन लागेको मुल आयोजक समितिका संयोजक किरण राईले बताए । गोलल्कपमा ए डिभिजनका ७ वटा क्लब र घरेलु टिम उदयपुर ११ गरि ८ टोलीको सहभागिता निश्चित भइसकेको राईले बताए ।
नक आउटको आधारमा हुने गोल्ड कपमा झन्डै ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.