default_image

9 years ago

January 12, 2017

आहा! गोल्डकपमा १२ टोलीले भाग लिने

166 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ मा तीन विदेशी सहित १२ टिमको सहभागिता हुने भएको छ।

Aaha Gold Cup

 

सहारा क्लवको आयोजनामा माघ ४ गते बाट १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने उक्त प्रतियोगितामा अमेरीका, बंगलादेश, मित्रराष्ट भारतका तीन टिम सहितको नेपालका चर्चीत क्लवहरुको गरी १२ टिमको सहभागिता हुने भएको क्लवले जनाएको छ । प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ्ग मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल ए पि एफ कलब, नेपाल पुलिस क्लब, सि एम जि संकटा क्लब, धरान फुटबल क्लब, युनाईटेड सिक्किम फुटबल क्लब, भारत, सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लब, धनगढी, रमपम झापा–११ फुटबल क्लब, फ्राशगञ्ज एस सि, बंगलादेश , ए एन ए यू एस ए फुटबल टिम र आयोजक सहारा क्लब पोखरा सहभागि हुने पक्का भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

उनले भने “प्रतियोगितामा सहभागि हुने टिममा नेपालका चर्चीत क्लव मात्र नभई पुर्वपश्चिम देखि भारत, बंगलादेश हुदै अमेरीकासम्मको टिमलाई सहभागि गराउदैछौं, यस बर्ष फुटवल प्रमिहरुलाई थप रौनक हुने हामीले अपेक्षा गरेका छौं । ” केहि दिन पछि खेल तालिका सार्वजनीक गरीने बताएका अध्यक्ष आचार्यले माघ एक गते साईकल सिटी पोखरा र साईकिलिङ्ग संघ, कास्कीको विशेष सहयोगमा पोखरा क्षेत्रमा साईकल ¥याली हुने बताए । त्यसैगरी आन्तरीक रुपमा खेल मैदान मर्मत सम्हार तथा रंगरोगन लगायतको तयारी अन्तिम चरणमा पुगेको महासचिव केशवराज बरालले बताए ।

प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरालले जनाए ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.