2 years ago
July 18, 2023
सुबास हुमागाईं, काठमाडौं
अष्ट्रेलिया र न्युजिल्यान्डमा यसै साता फिफा महिला विश्वकप सुरु हुँदैछ । विश्वकपका लागि भएको छनोटको पहिलो चरण पार गर्न नसक्दा नेपाल विश्वकप पुग्न सकेन । तर मंगलबार एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विश्वकपका लागि शुभकामना दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरबीच महिला राष्ट्रिय टोलीलाई प्रयोजन सम्झौताका लागि आयोजित कार्यक्रममा मन्त्री लिम्बूले सो अभिव्यक्ति दिए । कार्यक्रममा मन्त्री लिम्बूअघि आएका वक्ताहरुले महिला टोलीको विश्वकप खेल्ने सम्भावना बारे चर्चा गरेका थिए ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपाली महिला फुटबलले धेरै सम्भावना बोकेको चर्चा गरेका थिए । उनले सन् २०३१ सम्म विश्वकप खेल्नका लागि एन्फाले तयारी थाल्नेबारे अभिव्यक्ति दिए ।
त्यसपछि युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पनि नेपाली महिला फुटबलको विकासमा आफ्नो संस्थाले पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । अंग्रेजीमा आफ्नो अभिव्यक्ति राखेका उनले विश्वकप खेल्ने स्तरसम्म पुर्याउन नेपाली महिला फुटबलमा आफ्नो संस्थाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अन्त्यमा मन्तव्य राख्न आएका युवा तथा खेलकुद मन्त्री लिम्बूले सुरुवातमै नेपाल सरकारले खेलकुदमा आवश्यकता अनुसार काम गर्न नसकेको स्वीकारे । त्यसपछि भने लिम्बूले आश्चर्यजनक अभिव्यक्ति दिए । उनले यसै साता अष्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकप खेल्न जान लागेको नेपाली महिला टोलीलाई शुभकामना पनि दिए ।

उनले भने, ‘अन्त्यमा तपाईं चेलीहरुले जति पनि मिहिनेत गरिरहनुभएको छ । तपाईंहरुले उत्कृष्ट प्रदर्शन गरिरहनुभएको छ । र तपाईंहरु अहिले फेरी पनि अष्ट्रेलिया जाने क्रममा हुनुहुन्छ, न्युजिल्यान्ड खेल्न जाने क्रममा हुनुहुन्छ । तपाईंहरु जित्न सक्नुहुन्छ भन्नेमा म पूर्ण विश्वास व्यक्त गर्न चाहन्छु ।’
मन्त्री लिम्बू दिउँसो १ बजेका लागि बोलाइएको कार्यक्रममा झन्डै १ घण्टा ढिलो उपस्थित भएका थिए । उनका कारण नै कार्यक्रम सुरु हुन् ढिलो भएको थियो । यसैपनि ढिलो कार्यक्रममा आएका मन्त्री लिम्बू आफू उपस्थित कार्यक्रम र त्यसको सेरोफेरोबारे अनभिज्ञ थिए । नेपालको सबैभन्दा ठूलो खेलमध्यको फुटबलबारे नै मन्त्रीलाई जानकारी नहुनु सामान्य होइन ।
अझ विश्वकप जस्तो महत्त्वपूर्ण प्रतियोगितामा छनोट भएको भए खेल जगतमा बेग्लै माहोल हुन्थ्यो । क्रिकेटको एसिया कपमै छनोट हुँदा पनि नेपाली खेलकुदमा त्यसको चर्चा हुन्छ । विश्वकप खेल्दा कस्तो होला? मन्त्री लिम्बूले त्यति पनि ख्याल गरेनन् ।
आफूभन्दा अघि बोलेका वक्ताहरुको अभिव्यक्तिको आशय पूरा नबुझी आफ्नै तरिका गैरजिम्मेवार अभिव्यक्ति दिनु बहालवाला मन्त्रीका लागि पक्कै शोभनीय थिएन । यसअघि पटक पटक युवा तथा खेलकुद मन्त्रीमा खेल सम्बन्धि ज्ञान नभएकोले आलोचना हुँदै आएको थियो । यसपटक मन्त्री लिम्बूको यो अभिव्यक्तिले पनि त्यस्तै संकेत दिएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]