default_image

2 years ago

July 18, 2023

छनोट नै नभएको विश्वकपका लागि मन्त्रीको शुभकामना

529 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

अष्ट्रेलिया र न्युजिल्यान्डमा यसै साता फिफा महिला विश्वकप सुरु हुँदैछ । विश्वकपका लागि भएको छनोटको पहिलो चरण पार गर्न नसक्दा नेपाल विश्वकप पुग्न सकेन । तर मंगलबार एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विश्वकपका लागि शुभकामना दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरबीच महिला राष्ट्रिय टोलीलाई प्रयोजन सम्झौताका लागि आयोजित कार्यक्रममा मन्त्री लिम्बूले सो अभिव्यक्ति दिए । कार्यक्रममा मन्त्री लिम्बूअघि आएका वक्ताहरुले महिला टोलीको विश्वकप खेल्ने सम्भावना बारे चर्चा गरेका थिए ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपाली महिला फुटबलले धेरै सम्भावना बोकेको चर्चा गरेका थिए । उनले सन् २०३१ सम्म विश्वकप खेल्नका लागि एन्फाले तयारी थाल्नेबारे अभिव्यक्ति दिए ।

त्यसपछि युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पनि नेपाली महिला फुटबलको विकासमा आफ्नो संस्थाले पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । अंग्रेजीमा आफ्नो अभिव्यक्ति राखेका उनले विश्वकप खेल्ने स्तरसम्म पुर्याउन नेपाली महिला फुटबलमा आफ्नो संस्थाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अन्त्यमा मन्तव्य राख्न आएका युवा तथा खेलकुद मन्त्री लिम्बूले सुरुवातमै नेपाल सरकारले खेलकुदमा आवश्यकता अनुसार काम गर्न नसकेको स्वीकारे । त्यसपछि भने लिम्बूले आश्चर्यजनक अभिव्यक्ति दिए । उनले यसै साता अष्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकप खेल्न जान लागेको नेपाली महिला टोलीलाई शुभकामना पनि दिए ।

उनले भने, ‘अन्त्यमा तपाईं चेलीहरुले जति पनि मिहिनेत गरिरहनुभएको छ । तपाईंहरुले उत्कृष्ट प्रदर्शन गरिरहनुभएको छ । र तपाईंहरु अहिले फेरी पनि अष्ट्रेलिया जाने क्रममा हुनुहुन्छ, न्युजिल्यान्ड खेल्न जाने क्रममा हुनुहुन्छ । तपाईंहरु जित्न सक्नुहुन्छ भन्नेमा म पूर्ण विश्वास व्यक्त गर्न चाहन्छु ।’

मन्त्री लिम्बू दिउँसो १ बजेका लागि बोलाइएको कार्यक्रममा झन्डै १ घण्टा ढिलो उपस्थित भएका थिए । उनका कारण नै कार्यक्रम सुरु हुन् ढिलो भएको थियो । यसैपनि ढिलो कार्यक्रममा आएका मन्त्री लिम्बू आफू उपस्थित कार्यक्रम र त्यसको सेरोफेरोबारे अनभिज्ञ थिए । नेपालको सबैभन्दा ठूलो खेलमध्यको फुटबलबारे नै मन्त्रीलाई जानकारी नहुनु सामान्य होइन ।

अझ विश्वकप जस्तो महत्त्वपूर्ण प्रतियोगितामा छनोट भएको भए खेल जगतमा बेग्लै माहोल हुन्थ्यो । क्रिकेटको एसिया कपमै छनोट हुँदा पनि नेपाली खेलकुदमा त्यसको चर्चा हुन्छ । विश्वकप खेल्दा कस्तो होला? मन्त्री लिम्बूले त्यति पनि ख्याल गरेनन् ।

आफूभन्दा अघि बोलेका वक्ताहरुको अभिव्यक्तिको आशय पूरा नबुझी आफ्नै तरिका गैरजिम्मेवार अभिव्यक्ति दिनु बहालवाला मन्त्रीका लागि पक्कै शोभनीय थिएन । यसअघि पटक पटक युवा तथा खेलकुद मन्त्रीमा खेल सम्बन्धि ज्ञान नभएकोले आलोचना हुँदै आएको थियो । यसपटक मन्त्री लिम्बूको यो अभिव्यक्तिले पनि त्यस्तै संकेत दिएको छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.