9 years ago
January 13, 2017
मड्रिड (एजेन्सी)– स्पेनिस फुटबल इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राती सेभियासँग ३–३ को बराबरी खेलेपनि समग्रमा ६–३ को अग्रतासहित रियल कोपा डेल रेको अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच विना पहिलो लेगमा रियलले ३–० ले जितेको थियो । पहिलो लेगकै सेटलाई प्रशिक्षक जिनेदिन जिदानले विश्वास गरेर दोस्रो लेगमा उतारेका थिए । त्यो बराबरीसँगै स्पेनिस फुटबलमा रियालको अपराजित खेल संख्या ४० पुगेको छ । लुइस इन्रिकेको बार्सिलोनाको लगातार ३९ खेलमा अपराजित रहेको कीर्तिमानलाई रियलले तोडेको हो । अन्तिम मिनेटमा करिम बन्जिमाले बराबरी गोल गरेपछि टोलीले अपराजित यात्रा लम्बाउन सफल भएको थियो ।
३–१ ले पछि परेको खेलको अन्तिम ७ मिनेटमा दुई गोल फर्काउँदै रियल बराबरी गर्न सफल भएको थियो । डानिलोको आत्मघाती गोलमा सेभियाले नवौंं मिनेटमा अग्रता लिएको थियो । विसम वेन येडेरले गोलको मौका नचुकाएको भए रियल थप दबाबमा पर्ने थियो । ४८ औं मिनेटमा मार्को एसेन्सियोले बराबरी गोल फर्काए । तर बराबरी लामो समय टिकेन, स्टेभन जोभेटिकले ५४ औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाए । ७७ औं मिनेटमा भिसेन्टे इबोराले सेभियाका लागि अर्को गोल गर्दा रियल दबाबमा परेको थियो । ८३ औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल फर्काएपछि रियल खेलमा फर्केको थियो । बेन्जिमाले ९० औं मिनेटमा गोल गरेपछि टोलीले खेलमा बराबरीमात्र गरेन स्पेनिस फुटबलमा नयाँ इतिहास पनि रच्यो ।

उता स्पेनिस ला लिगामा भने रियल ४० अंकसहित शीर्षस्थानमा छ भने १ खेल बढी खेलेको दोस्रो स्थानको सेभियाको ३६ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको ३५ अंक छ ।
कोपा डेल रेका अन्य खेलमा सेल्टा भिगोले भ्यालेन्सियालाई २–१ ले हरायो भने एबार र ओसासुनाले गोलरहित बराबरी खेले । पहिलो लेगमा ४–१ ले जितेको सेल्टा भिगो समग्रमा ६–२ तथा पहिलो लेग ३–० ले जितेको एबार सोही समग्र अग्रताका सात अन्तिम आठमा पुगेका छन् ।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]