9 years ago
January 13, 2017
धनगढी (हाम्रो खेलकुद)– दुई ए डिभिजन टोली सिएमजी संकटा र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी भागेश्वर गु्रप सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आयोजक सुदूरपश्चिमाञ्चल ११ लाई शुक्रबार १–० निराश पार्दै संकटाले मनाङसँगको फाइनल भेट पक्का गरेको हो ।

मनाङले अघिल्लो दिननै भारतको दिल्ली युनाइटेडलाई हराएर अन्तिम दुईको यात्रा तय गरिसकेको थियो । धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा अमित तामाङको गोल खेलको निर्णायक बनेको थियो । ५ हजारभन्दा बढी घरेलु दर्शकको समर्थन पाएको सुदुरपश्चिमले खेलको धेरै समय बल नियन्त्रणमा राखेपनि गोलको खाता भने खोल्न सकेन ।
उता संकटाले खेलको १६ औं मिनेटमा गरेको अग्रतालाई जोगाउँदै फाइनल यात्रा निश्चित गरेको थियो । अमितले पेनाल्टी बक्सको बाहिरबाट फ्रिकिकमा गोल गरेका थिए । सुदुरपश्चिमका रक्षक नरेन्द्र चौधरीले विपक्षी खेलाडी फाउल हानेपछि संकटाले फ्रिकिक पाएको थियो ।
घरेलु टोलीका कप्तान गजेन्द्र शाही, सुमित दुवे, मणिराम चौधरीले गरेको प्रहारलाई संकटाका गोलकिपर राजु नगरकोटीले रोक्दै टोलकिो अग्रतालाई जोगाएका थिए । राजु खेलेको म्यान अफ दी म्याच बने भने ५ हजार रुपैयाँसहित एक थान मोबाइल प्राप्त गरे । संकटाका प्रशिक्षक सल्यान खड्गीले रणनीति अनुसारकै प्रदर्शन गरेकाले सफल नतिजा निकाल्न सकेको बताए । संकटाका कप्तान रवि सिलवालले हारका वावजुद घरेलु टोलीले उच्च प्रदर्शन गरेको बताए ।
सुदूरपश्चिमका कप्तान गजेन्द्र राम्रो खेले पनि गोल गर्नबाट चुक्दा घरेलु मैदानमा फाइनल पुग्न नसकेको बताए । टोलीका व्यवस्थापक शिसिर हमालले भाग्यको साथ नरहेका कारण हार्नु परेको बताए । शनिबार हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]