default_image

9 years ago

January 13, 2017

एपी वान सेमिफाइनलमा प्रवेश

142 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एपी वन शुक्रबार नेपाल टेलिभिजनलाई गोलरहित बराबरीमा रोकेर आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

kmg ap1 media cup

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम लिग खेलमा पूर्व विजेता नेपाल टेलिभिजनलाई बराबरीमा रोकेपछि एपी वन समूह उपविजेताको हैसियतले अगाडि बढ्यो । एपी वनले गोल अन्तरको आधारमा टेलिभिजनलाई पछाडि पारेको हो । यस समूहबाट गत विजेता कान्तिपुर मिडिया ग्रुप समूह विजेता भएको छ । कान्तिपुरले आज एभिन्युज टिभीबाट वाकओभर पायो । आप्mना धेरै खेलाडी घाइते भएको भन्दै एभिन्युज्ले नखेलीकनै कान्तिपुरलाई खेल सुम्पेको हो ।

यसअघि समूह बीबाट  इमेज च्यानल र रेडियो नेपाल अन्तिम चारमा पुगिसकेका छन् ।

आइतबार सेमिफाइनलमा कान्तिरपुले रेडियो नेपाल र इमेजले एपी वनविरुद्ध खेल्नेछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.