9 years ago
January 14, 2017
धनगढी (हाम्रो खेलकुद) – आज दिउसो हुने खप्तड गोल्ड कपको फाइनल खेलमा दुइ ए डिभिजन क्लब मनाङ मर्श्याँग्दि क्लब र संकटा क्लब आमनेसामने हुँदै छन्।

जारी सिजनमा कुनै उपाधि जित्न नसकेको मनाङ मर्श्याँग्दी क्लब गत सातामात्र हेटौंडा गोल्डकपमा त्रिभुवन आर्मी क्लबसंग पराजित भएको थियो। उता संकटाले भने केहि महिना अघि मात्र विकास रनिङ शिल्डको फाइनलमा त्रिभुवनआर्मीलाई हराउदै उपाधि जितेको थियो।
प्रतियोगिताको सेमीफाइनलमा मनाङले दिल्ली युनाईटेडलाइ पराजित गरेको थियो भने संकटाले हिजो मात्र आयोजक सुदुरपश्चिम एघारलाई हराएर फाइनलमा स्थान बनाएको थियो।
मनाङमा अधिकांश राष्ट्रिय टोलीका खेलाडी भएपनि उसले हाल कुनै उपाधि जित्न सकेको छैन। हेमन गुरुङ, रुपेश केसी, बिमल घर्ति मगर जस्ता खेलाडीहरुले पनि साथ छोडेको मनाङमा अहिले नयाँ खेलाडीको बाहुल्यता छ। किरण चेम्जोङ माल्दिभ्स गएसंगै क्लबले दिनेश थापा मगरलाइ भित्र्याएको छ।
उता संकटाले भने फाइनल खेलको लागि राष्ट्रिय टोलीका मिडफिल्डर राजेन्द्र रावल र एपीएफका भरपर्दा डिफेन्स सुदिप शिख्रकारलाई टोलीमा समावेश गरेको छ। क्लबकै पुर्व खेलाडी सल्यान खड्गी हाल प्रशिक्षकको भूमिका निभाउदै छन्।
प्रतियोगिताको विजेता टोलिले नगद रु. पाँच लाख जित्नेछ भने उपविजेताले २ लाख ५१ हजार पाउनेछ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]