default_image

9 years ago

January 15, 2017

फर्ममा फर्कको संकेत दिदै कप्तान अनिल

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले सुदूरपश्चिमाञ्चल पुगेर फर्ममा फर्कने संकेत गरेका छन् । कप्तान हुनाका वावजुद राष्ट्रिय टोलीमा कमै अवसर पाएका अनिलले क्लब वा क्षेत्रिय टोलीबाट पनि खासै राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । आफ्नो प्रदर्शनले उनलाई केही निराश पनि बनाएकै थियो ।

best-player

दुई महिना अघि मलेसियाबाट फर्कदा नेपाल एएफसी सोलिडारिटी कपको च्याम्प्यिन बनेर फर्केको थियो । अनिलनै कप्तान हुँदा नेपालले आफ्नो फुटबल इतिहासमै सबैभन्दा ठूलो सफलता प्राप्त गर्ने क्रममा पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता थियो । आफै कप्तान रहँदा टोलीले सफलता पाउँदा उनी दंग थिए, तर मौका कम पाउने र मौका पाउँदा क्लब फुटबलमा पनि सम्झनलायक प्रदर्शन गर्न नसक्दा अनिलको मन अमिलो हुन्थ्यो । तर, उनी हिम्मत हार्ने मध्येका खेलाडी होइनन् ।

पोखराबाट खेल जीवनसुरु गेरर, राजधानी, आइ (भारतीय) लिग हुँदै ट्रायल सम्भावना खोजीका लागि बेलायत सम्म पुगेका अनिलले धैर्यता भने गुमाएका थिएनन् । सोलिडारिटी कपबाट फर्केपछि उनले पूर्वमा भएको सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलको कप्तानी गरे । तर उनको टोली सेमिफाइनल पुनि पुग्न सकेन ।

सातौं पछि टुबोर्ग हेटौडा गोल्ड कप खेल्न उनको नेतृत्वमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब हेटौडा पुगेको थियो । पुस २३ मा भएको फाइनलमा मनाङ पराजित भयो । त्यहाँ पनि अनिलको व्यक्तिगत प्रदर्शन खासै राम्रो भएन । त्यसपछि उनको टोली खप्तड गोल्डकप खेल्न सुदूरपश्चिम पुग्यो । जहाँ अनिलले सफलताको नयाँ कथा लेख्न सफल भए । शनिबार सिएमजी संकटालाई हराएर मनाङ च्याम्पियन बन्दा अनिल त्यसको मुख्य नायक बने । फाइनलमा उनकै गोलले विजेता बन्यो । त्यसमा मात्र होइन सेमिफाइनलमा पनि उनले टोलीलाई जित दिलाउँदै फर्ममा फर्केको संकेत गरेका छन् । अनिलले फर्ममा फर्केको संकेत गर्दा मनाङले बर्षको पहिलो उपाधि जितेको छ ।

????????????????????????????????????

‘यो सफलताले टोलीको मनोबल पुनः उच्च बनाएको छ’ अनिलले हाम्रो खेलकुदसँग भने,‘व्यक्तिगत रुपमा मेरो लागि पनि यो खप्तड गोल्डकपको प्रदर्शन यादगार रह्यो । यो सफलताका लागि म टोलीका सबैलाई बधाई दिन चाहन्छु ।’

पहिलो पटक सुदूरपश्चिम पुग्दा त्यहाँको फुटबल क्रेज देखेर अनिल दंग परेका छन् । ‘यहाँको फुटबल क्रेज देखेर म त छक्क परे ’ धनगढीबाट काठमाडौं फर्केर घरेलु सहर पोखरामा आहा रारा गोल्डकप खेल्ने तयारीमा रहेका उनले भने, ‘यहाँ फुटबल यति लोकप्रिय होला भन्ने मलाई लागेको थिइन् । यो माहोल अझै बढ्दै जाओस् भन्ने मेरो कामना छ । देशभरी फुटबलको माहोल बनेको देख्दा आनन्द लाग्छ ।’

winner

पछिल्ला दुई बर्षयता नेपालको घरेलु फटबल अझ विशेष गरि लिग हुन नसक्दा खेलाडीमा निराशा आएको अनिलको ठम्माई छ । ‘ देश भित्र फुटबल जति चलाएमान हुन्छ, त्यसमै खेलाडीले पारिश्रमिक पाउने सम्भवना रहन्छ,’ उनले थपे, ‘तर लामो समय लिग नहुँदा खेलाडीको नियमित आम्दानी पनि छैन । फुटबल नै नियमित नहुँदा खलाडीको अभ्यास नियमित हुन्न फिटनेस पनि कम हुन्छ ।’

अहिले मोसफलमा नकआउट प्रतियोगिता एक पछि अर्को भएपनि खेलाडीका लागि खासै उत्साहजनक हुन नसकेको बताउँछन् । ‘अहिले कोही खेलाडी पनि क्लबमा आबद्ध छैनन्’ उनले ‘नकआउटमा निश्चित रकम लिएर खेलेका छौं । यसलाई व्यवसायिक फुटबल भन्न मिल्दैन । लिग नियमित नहुदा सम्म क्लबले खेलाडीलाई नियमित पारिश्रमिक दिदैनन् । यसरी सधै फुटबल चल्न सक्दैन । एन्फाको ध्यान यसमा जानुपर्दछ ।’

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.