default_image

9 years ago

January 15, 2017

जितसंगै चेल्सी शिर्षस्थानमा यथावत

109 views

0 Bookmark

एजेन्सी (लन्डन) – स्टार फरवार्ड डिएगो कोष्टबिनाको चेल्सीले साविक विजेता लेस्टर सिटिलाई ३-०ले हराउदै प्रिमिएर लिगको शिर्षस्थानमा कायमै रहेको छ।

chelsea-marcos-alonso

शनिबार राति भएको खेलमा मार्कोस अलोन्सोको दुइ गोल र पेड्रो रोड्रीग्वेजको एक गोलको मद्दतले चेल्सीले लेस्टरलाइ हराएको हो। २१ खेलबाट ५२ अंक जोडेको चेल्सी दोश्रोमा रहेको स्पर्सभन्दा सात अंकले अगाडी छ। लिभरपुल र म्यानचेस्टर युनाईटेडबीच आज हुने खेलमा लिभरपुलले जित हासिल गरेमा भने लिभरपुल दोश्रोमा उक्लनेछ।

यस्तै हिजै भएको अन्य खेलमा स्पर्सले वेस्ट ब्रमलाई ४-०ले पराजित गर्यो भने आर्सनलले स्वास्नीलाई उतिकै गोलान्तरले पराजित गर्यो। आज म्यानचेस्टर सिटिले एभर्टन र लिभरपुलले म्यानचेस्टर युनाईटेडको सामना गर्दैछन।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.