9 years ago
January 15, 2017
स्पेन (एजेन्सी) – लुइस सुआरेजको दुईगोलको मद्दतले शनिबार भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ५-०को फराकिलो हार चखाएको छ।

जितसंगै ३८अंक लिएर तालिकाको दोश्रो स्थानमा उक्लेको बार्सिलोनाको लागि सुआरेजसंगै लिओनेल मेस्सी, आर्डा टुरान र एलेक्स भिडालले गोल गरेका थिए। सुआरेजले १४औं मिनेटमा खेलको खाता खोलेका थिए भने अन्य गोल दोश्रो हाफमा सम्भव भयो।
जितसंगै दोश्रो स्थानमा पुगेपनि बार्साले तेश्रोमा रहेको सेभिल्लाभन्दा एक र शिर्षमा रहेको रियलभन्दा दुई खेल बढि खेलेको छ। सेभिल्लासंग ३६ अंक छ र उसले बाँकि रहेको खेलना जित हात पारे बार्साभन्दा माथि आउनेछ।
उता ४० अंकको रियललाई भने सेभिल्लासंगको दुरी ७अंकसम्म लाने अवसर छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]