default_image

9 years ago

January 15, 2017

लिभरपुल र म्यानचेस्टर युनाईटेडले अंक बाँडे

102 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको म्यानचेस्टर युनाईटेड र लिभरपुलबिचको खेल १-१को बराबरीमा टुंगिएको छ।

zlatan-lovren-united-liverpool

खेलको पहिलो हाफमा जेम्स मिल्नरको पेनाल्टीबाट अग्रता लिएको लिभरपुलले दोश्रो हाफको अन्त्यतिर ज्लाटन इब्राहिमोभिचको गोलले अंक बाड्न बाध्य भएको थियो। पल पोग्बाले पेनाल्टी बक्सभित्र हातले बल छोएपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो। यस सिजन छैठौं पटक पेनाल्टी लिएका लिभरपुलका मिल्नरले जारि सिजनको आफ्नो शत प्रतिशत गोलको क्रमलाइ जारी राखे।

जितसंगै दोश्रो स्थानमा उक्लन तत्पर भएको लिभरपुललाई ज्लाटनको गोलले अंक बाँडनु परेको थियो। ज्लाटनले एन्टोनियो भ्यालेन्सियाको क्रसलाई सदुपयोग गर्दै हेडीङ्ग मार्फत गोल गरेका थिए।

यस बराबरीले लिभरपुलको ४५ अंक भएको छ र गोल अन्तरका आधारमा स्पर्सभन्दा पछाडी तेश्रो स्थानमा रहेको छ। म्यानचेस्टर युनाईटेड भने छैठौं स्थानमा यथावत छ। लिगको शिर्ष स्थानमा ५२ अंक जोडेको चेल्सी रहेको छ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.