2 years ago
September 2, 2023
एजेन्सी – एर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले फूलहमलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

सिटीले ५-१ को जित दर्ता गर्ने क्रममा नाथन आके र जुलियन अल्भारेजले १-१ गोल गरे । ३१ औं मिनेटमा एर्लिङ हालान्डको गोलमा जुलियन अल्भारेजले सिटीलाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटपछि नै टिम रेमले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए । तर बराबरीपछि सिटीले खेलमा सुधार गर्यो । पहिलो हाफको अन्तिम मिनेटमा नाथन अकेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफ भने हालान्डको नाममा रह्यो । ५८ औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर बनाए । अल्भारेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । हालान्डले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि हालान्डले थपिएको समयको पाँचौं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
यो जित आंगै सिटी प्रिमियर लिगको पहिलो स्थानमा रहेको छ । सिटीको चार खेलमा सत-प्रतिसत नतिजा निकाल्दै १२ अंकमा छ। फुलहम भने चार अंक सहित १३औं स्थानमा छ।
त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड एन्थोनी इलांगाको एकमात्र गोलमा नटिङ्घम फरेस्टले चेल्सीलाई पराजित गरेको छ । स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा फरेस्टलाई जित दिलाउन ४८ औं मिनेटमा उनको गोल पर्याप्त रह्यो। खेलमा चेल्सीले धेरै अवसर खेर फालेको थियो र हार बेहोरेको थियो । हारपछि चेल्सी चार अंकसहित ११ औं स्थानमा छ भने फरेस्ट ६ अंकसहित नवौं स्थानमा छ ।
अर्को खेलमा ब्रेन्टफोर्ड र बर्नमाउथले २–२ को बराबरी खेलेका छन् । यसअघि भएको खेलमा शेफिल्ड युनाइटेड र एभर्टनले पनि २–२ गोलको बराबरी खेलेका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]