default_image

2 years ago

September 13, 2023

जर्मनीले फ्रान्सलाई हरायो

4660 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएपछि खेलेको पहिलो खेलमा जर्मनीले बलियो प्रतिद्वन्दी फ्रान्सलाई हराएको हो ।

जर्मनीले लगातार खराब नतिजाको सिलसिलामा पूर्णविराम लगाउँदै फ्रान्समाथि २-१ को जित निकालेको हो । पछिल्लो ७ खेलमा जर्मनीले हासिल गरेको यो दोस्रो जित मात्र हो । जर्मनी सन् २०२४ युरोको आयोजक रहेकाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण मात्र खेलिरहेको छ ।

अन्तरिम प्रशिक्षक रुडी भोलरको नेतृत्वमा उत्रिएको जर्मनीलाई जिताउन थोमस मुलर र लिरोए सानेले एक-एक गोल गरे । खेलको अन्तिममा लेरोय सानेले एडुआर्डो कामाभिंगालाई फल गरेपछि प्राप्त पेनाल्टीमा ग्रिजम्यानले गोल फर्काएका थिए ।

विश्वकपमा समूह चरण बाटै बाहिरिएको जर्मनीले पछिल्लो हप्ता जापानसँग ४-१ ले पराजित भएसँगै फ्लिकलाई बर्खास्त गरेको थियो । उनी जर्मन फुटबल इतिहासमै बर्खास्त हुने पहिलो प्रशिक्षक समेत हुन् ।

बायर्न म्युनिखका पूर्व प्रशिक्षक जुलियन नागेल्समन जर्मनीको नयाँ प्रशिक्षक हुने सम्भावना बलियो रहेको जर्मन सञ्चार माध्यमहरुले जनाइरहेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.