default_image

2 years ago

September 13, 2023

स्पेन र नर्वे विजयी

975 views

0 Bookmark

एजेन्सी – यूईएफए यूरो २०२४ छनोट अन्तर्गत गएराति भएको समूह ए को खेलमा स्पेन र नर्वेले जित हासिल गरेका छन् ।

स्पेनले साइप्रसलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो। स्पेनको जितमा बार्सिलोनाका फेरान टोरसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बाएनाले समान एक-एक गोल गरे।

यस्तै सोही समूह अन्तर्गतको अर्को खेलमा नर्वेले जर्जियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । नर्वेको जितमा एर्लिङ हालाण्ड र मार्टिन ओडेगार्डले एक-एक गोल गरे । जर्जियाका लागि इन्ज्युरी समयमा बुदु जिव्जिवाद्जेले सान्त्वना गोल गरे ।

समूहमा स्कटल्याण्ड पाँच खेलमा १५ अंकसहित शीर्ष स्थानमा छ भने स्पेन चार खेलमा ९ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नर्वेको पाँच खेलमा ७ अंक छ ।

स्कटल्यान्ड र नर्वे दुवैले अब ३-३ खेल खेल्न बाँकी रहेको अवस्थामा नर्वेले कुनै खेल गुमाए प्लेअफको युरो छनोट गुमाउने सम्भावना रहनेछ । प्लेअफमा पनि नर्वेको सम्भावना निकै कमजोर छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.