default_image

2 years ago

September 13, 2023

विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलको जित

2269 views

0 Bookmark

एजेन्सी – विश्वकप विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ मा हुने फिफा विश्वकपको छनोटमा जित हासिल गरेका छन् । अर्जेन्टिनाले बोलिभियालाई ३-० ले हरायो भने ब्राजिलले खेलको अन्तिमतिर गोल गर्दै पेरुलाई १-० ले हराएको हो ।

समुन्द्र सतह भन्दा ३ हजार ६ सय मिटर माथि रहेको बोलिभियाको राजधानी लापाजमा भएको खेल अर्जेन्टिनाको लागि सधैं चुनौतीपूर्ण हुने गर्थ्यो । तर कप्तान लियोनेल मेस्सी बिना नै मैदान उत्रिएको अर्जेन्टिनालाई यो पटक भने जित निकाल्न सहजै रह्यो ।

३१औं मिनेटमा अर्जेन्टिनाले एन्जो फर्नान्डेजको गोलमा अग्रता बनाएको थियो । उनले यस खेलमा कप्तान डी मारियाको पासमा गोल गरेका थिए । त्यसपछि बोलिभियाका रोबर्टो फर्नान्डेजले पहिलो हाफमा रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा सिमित भएको थियो ।

४२औं मिनेटमा निको टाग्लियाफिकोले आफ्नो अन्तराष्ट्रिय क्यारियरको पहिलो गोल गर्दा अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । उनले पनि डी मारियाकै पासमा गोल गरेका थिए । यस्तै दोस्रो हाफमा पनि अर्जेन्टिनाले खेलमा आफ्नो प्रभुत्व जनाइरह्यो । खेलको ८३औं मिनेट निको गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

यस्तै पेरुमा भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई हराउँदा मार्किन्हसले ९०औं मिनेटमा गोल गरे । ब्राजिलले धेरै नै संघर्ष गर्नु परेको खेलमा मार्किन्हसले नेयमारको कर्नरमा हेडमार्फत गोल गर्दै जित दिलाएका थिए ।

उता उरुग्वे भने इक्वेडर सँग २-१ ले पराजित हुन पुग्यो । इक्वेडरलाई जिताउन फेलिक्स टोरसले दुवै गोल गरे ।

छनोटको दुई चरणको खेल सकिँदा ब्राजिल ६ अंक सहित शीर्षस्थानमा छ। अर्जेन्टिनाको समान ६ अंक भएपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । कोलम्बियाको ४ अंक छ भने उरुग्वे र भेनेजुयलाको समान ३-३ अंक छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.