default_image

2 years ago

September 16, 2023

लिभरपुलको पुनरागमन जित

666 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा लिभरपुलले वल्भ्सलाई हराएको छ

पहिलो हाफमा पछि रहेको लिभरपुलले दोस्रो हाफमा गोल गर्दै ३–१ को जित हासिल गरेको छ । दक्षिण कोरियाका ह्वांग हि-चानले गरेको गोलमा वल्भ्सले अग्रता लिएपनि दोस्रो हाफमा पकड गुमायो । लिभरपुलका लागि कोडी गाक्पो र एन्ड्रयू रोबर्टसनले गोल गर्दा हार्भी एलियटले आत्मघाती गोलमा मुख्य भूमिका खेले ।

खेलमा सुरुवाती अग्रता वल्भ्सले लिएको थियो। सुरुवाती समय बाट नै लिभरपुललाई दबाबमा राखेको वल्भ्सले ह्वांगको गोलको मद्दतले सातौं मिनेटमा अग्रता लिएको थियो । पेड्रो नेटोले दिएको पासमा ह्वांगले गोल गरेका थिए । लिभरपुललाई खेलमा गोल फर्काउन निकै गारो बनाएको वल्भ्सले दोस्रो हाफमा खेल सुम्पन पुग्यो ।

गाक्पोले खेलको ५५औ मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए । मोहम्मद सालाहले बक्सको दायाँ छेउबाट लिएको सट बायाँ पोष्टमा रहेका गाक्पोले गोलको दिशा देखाएका थिए । त्यसपछि लिभरपुलले खेलमा लय समात्दै जित निकाल्यो ।

लिभरपुलको दुई गोल भने खेलको अन्तिमतिर आएको थियो । लेफ्ट-ब्याक रोबर्टसनले सालाहसंग संयोजन गर्दै उनकै पासमा गोल गर्दै खेलको ८५ औं मिनेटमा अग्रता दिलाएका थिए ।

लिभरपुलको अर्को गोल भनी आत्मघाती गोल थियो । सालाहकै पासमा एलियटले लिएको सट वल्भ्सका हुगो बुएनोको खुट्टामा लागेर जालीतर्फ गएको थियो ।

जितसँगै लिभरपुल तालिकाको शीर्षस्थानमा उक्लिएको छ । लिभरपुलको ५ खेलमा १३ अंक रहेको छ भने पराजित वल्भ्स ५ खेलमा ३ अंक सहित १५औं स्थानमा छ।

आज बेलुका ७:४५ बजे हुने खेल हरुमा म्यानचेस्टर युनाइटेड र ब्राइटन, म्यानचेस्टर सिटी र वेस्ट ह्याम तथा टोटेनहम र शेफिल्ड युनाइटेड आमनेसामने हुँदैछन् । यस्तै राति १०:१५ बजे हुने खेलमा न्यूकासल युनाइटेड र ब्रेन्टफोर्ड एक अर्कासंग भिड्ने छन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.