default_image

2 years ago

September 28, 2023

अञ्जन झापाको मार्की खेलाडी

1108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका स्टार मिडफिल्डर अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल) मा झापा एफसीको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।

झापाले एनएसएलको दोस्रो संस्करणको मिती सर्नु अघि पनि अञ्जनलाई नै मार्की खेलाडी भएको सार्वजनिक गरेको थियो । अञ्जन पहिलो संस्करणमा ललितपुर सिटी एफसीको मार्की खेलाडी हुनुका साथै कप्तान थिए ।

पहिलो संस्करणको एनएसएलमा तीन गोल गर्दै उत्कृष्ट फरवार्डको अवार्ड जितेका थिए । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य अन्जनले नेपालका लागि १२ गोल गरि सकेका छन् ।

नेपाल सुपर लिगको दोस्रो संस्करण मंसिर ८ देखि काठमाडौंमा सुरु हुँदैछ। यस सिजनमा पहिले संस्करणका ६ र ३ नयाँ गरि कुल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर भने दोस्रो संस्करणमा सहभागी हुनेछैन ।

यसअघि धनगढीले आशिष चौधरी, बुटवलले एरिक विष्ट र एफसी चितवनले विशाल श्रेष्ठलाई मार्की खेलाडी सार्वजनिक गरि सकेका छन् । एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुँदैछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.