default_image

9 years ago

January 20, 2017

एसियन कपको लागि रोहित र अनन्त फिट हुने

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई महिनापछि सुरु हुने एएफसी एसियन कप छनोटका लागि चोटका कारण हाल मैदान बाहिर रहेका राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ र मिडफिल्डर रोहित चन्द फिट लभगभ पक्का छ । छनोट मार्च २७ बाट सुरु हुनेछ ।
ananta-and-rohit

विगत एक वर्षयता चोटका कारण मैदान बाहिर रहेका रोहितले पोखरामा जारी १५ औं आहा१ रारा गोल्ड कप फुटबल प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबाट खेल्दै पुनरागमन गर्ने तयारीमा छन् । घुडाँको शल्यक्रियापछि केही समयको आरामपछि अनन्त चाँडै मैदानमा फर्किने आशा गरिएको छ ।

चिकित्सकको सल्लाह अनुसार दुई महिनामा खेल्न हुने भने पनि मैदान फर्कन कुनै हात नगर्ने अनन्तले बताएका छन् । स्पेनको मार्बेला एफसीले बोलाएपछि अनन्तले जाने नजाने निर्णय लिइसकेका छैनन् । राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्ट मर्बेलामै प्रशिक्षण गरिरहेका छन् ।

बिमल घर्तीमगर पनि युरोपमै प्रशिक्षणका लागि यहि साता त्यसतर्फ गएका छन् । केही महिना अघि अनन्त र अन्जन मार्बेलामा केही समय प्रशिक्षण गरेर फर्केका थिए । एसियन कप छनोटको पहिलो खेलसम्म अनन्त फिट भइसक्ने तथा अन्जन र बिमल पनि छनोटको केही अघि नेपाल आइसक्ने अपेक्षा गरिएको छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.