2 years ago
November 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बुधबार एक पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

कोभिड संक्रमणको समयमा बिना दर्शक आयोजना भएको पहिलो संस्करणको अपार सफलतापछि दोस्रो संस्करणमा केहि फरक माहोल हुँदैछ । आयोजकले यसपटक दर्शकको उपस्थितिले लिग थप भव्य हुने अपेक्षा राखेको छ । नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्श कार्कीले नेपाली फुटबलको विकास गर्ने लक्ष्यसहित संचालित एनएसएलमा यसपटक दर्शकको उपस्थितिले लिग भव्य हुने बताए ।
‘हामीले विगतमा ए डिभिजन लिगका दौरान रंगशाला खचाखच भरिएको देखेका छौं । पछिल्लो केहि वर्षमा त्यो क्रेज घटेको अनुभव रहेको छ । एनएसएलले अब रंगशालामा दर्शक फर्काउने प्रयास गर्नेछ । त्यसका लागि स्तरीय खेल त छँदै छ, दर्शकहरुका लागि अन्य सुविधा पनि ल्याउनेछौं,’ कार्कीले भने ।
एनएसएलले यसपटक उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीसँगै अन्य कार्यक्रम पनि राखेको छ । यसबाहेक दर्शकहरुका लागि मनोरन्जनात्मक कार्यक्रम, फुड स्टल लगायत अन्य व्यवस्था गरिने कार्कीले जानकारी दिए । लिग अघि बढेसँगै दर्शकहरुलाई लक्षित गरेर अन्य कार्यक्रम पनि ल्याउने उनले जानकारी दिए ।
एनएसएलले यसपटक आइएमइ पेसँग सहकार्य गर्दै टिकट अनलाइन विक्री सुरु गरिसकेको छ । रंगशालाको सामान्यतर्फ २ सय र भीआइपी तर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ । एनएसएलले दर्शकहरुको संख्या बढाउन टिकट मूल्य भन्दा सहभागितालाई प्राथमिकता दिएको दावी गरेको छ ।
यसपटक गत संस्करणको तुलनामा सहभागी टोली बढेसँगै लिगमा खेल संख्या पनि बढेको छ । अघिल्लो संस्करणका ६ र ३ नयाँ टोली गरि ९ टोलीले ४० खेल खेल्नेछन् । उपाधि विजेताले प्राप्त गर्ने रकम पनि दर्शकको उपस्थितिले नै यकिन निर्धारण हुने कार्कीले जनाए ।
‘हामीले अहिले नै क्लबहरुलाई विजेताले यति रकम पाउने भनेका छैनौं । कम्तिमा ७० लाख रुपैयाँ हुन्छ र दर्शकहरुको उपस्थिति अनुसार टिकटबाट उठेको रकमले १ करोडसम्म पुर्याउने हामीले आशा गरेका छौं,’ कार्कीले प्रष्ट पारे ।
लिग सुरु हुनुअघि सहभागी टोलीका प्रशिक्षक र मार्की खेलाडीले पनि आ-आफ्नो क्लबको तयारी बारे बोलेका थिए । अधिकांश क्लबले राष्ट्रिय टोलीको खेलका कारण राम्रो तयारी नभएको बताएका थिए ।

यता एनएसएलले भने ए डिभिजन लिग र आफ्नो अस्तित्व फरक रहेको स्वीकार गर्यो । ए डिभिजन एन्फाको आधिकारिक लिग रहेकोमा कुनै शंका नरहेको र एनएसएल आफ्नो फुटबल विकासको लक्ष्यमा मात्र केन्द्रित रहेको प्रबन्ध निर्देशक कार्कीले प्रष्ट पारे । उनले हाललाई कुनै महत्त्वकांक्षी योजना नबोकी मात्र नेपाली फुटबललाई एक कदम अगाडी लाग्ने सोचका साथ सबै ९ क्लब एकवद्ध भएर लागेको उनले बताए ।
यस्तै एनएसएलकी प्रमुख आश्रयता कार्की चौधरीले नेपाली फुटबलमा एनएसएलको लक्ष्य पूरा गर्न सबै सरोकारवालाको साथ अपेक्षा गरेको बताइन् । उनले एनएसएलबाट राष्ट्रिय टोलीले थोरै भएपनि प्रगति गरे आफ्नो प्रयास सार्थक भएको लाग्ने अभिव्यक्ति दिइन् ।

एनएसएलले आभोरी कोस्टका स्टार फरवार्ड डीडीएर ड्रोग्बा लिगका दौरान नेपाल आउने पनि जानकारी दियो । आफ्नो पारिवारिक कामले अहिले आउन नसकेपनि डिसेम्बर तेस्रो सातातिर उनी नेपाल आउने सम्भावना रहेको आयोजकले जानकारी दियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]