default_image

8 months ago

November 24, 2023

एनएसएल-२ अनुमान : कागजमा केहि अब्बल, केहिलाई प्लेअफ नै कठिन

2461 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । ३ नयाँ टोलीसहित ९ टोलीले प्रतिस्पर्धा गर्ने लिगमा यसपटक एक समयमा ५ विदेशी खेलाडी उतार्न पाउने नियम छ । ३ क्लबले विदेशी प्रशिक्षक भित्र्याउँदा अक्सनमा छानेको खेलाडीबाट क्लबहरु उपाधि जित्ने यात्रामा अघि बढ्दैछन् ।

प्रस्तुत छ सहभागी ९ टोलीको प्रशिक्षक, विदेशी र स्वदेशी खेलाडी तथा टिमको समीकरण हेरेर गरिएको अनुमान ।

बुटवल लुम्बिनी फुटबल क्लब

मार्की : एरिक विष्ट

प्रशिक्षक : विजय महर्जन, प्राविधिक निर्देशक : याम गुरुङ, सहायक प्रशिक्षक : दिलिप क्षेत्री, गोलरक्षक प्रशिक्षक : अजय महर्जन

आइकोनिक खेलाडी : आशिष लामा

विदेशी खेलाडी : निकोलस सर्ज संग (क्यामरुन), आन्द्रे थिएरी बिइक बिइक (क्यामरुन), अर्नेस्ट टाम्पी (क्यामरुन), स्टेफान समिर बिनोङ (क्यामरुन)

अक्सनमा अनुबन्धित खेलाडी : असिम भुसाल, जन्मजय धामी, सरोज तामाङ, मणि कुमार लामा, अशोक थापा, मनग्य नकर्मी, निराजन धामी, पासाङ लामा, निशान राणा, चन्दनकुमार दास, गौरव श्रेष्ठ, जिलेस्पी जंग कार्की, प्रकाश बुढाथोकी

थप खेलाडी : निंगसांग पारांगदेन लिम्बु, विशाल केसी, जितेश गुरुङ

फिजियो : अभिषेक रोकाया, व्यवस्थापक : नविन चित्रकार

बुटवल गत सिजन प्लेअफमा प्रवेश गर्न सफल भएको टोली थियो । यस सिजन टोलीको स्वामित्वमा परिवर्तन भएसँगै टोलीको रुप पनि फेरिएको छ । अक्सनपछि याम गुरुङलाई प्राविधिक निर्देशकमा नियुक्त गरेको क्लबले प्रशिक्षकमा भने विजय महर्जनलाई अनुबन्ध गरेको छ ।

एरिक विष्ट क्लबको मार्की खेलाडी रहँदा प्रि-सिजनमा प्रकाश बुढाथोकीले टोलीको नेतृत्व गरे । नेपालमै खेलिरहेका विदेशी खेलाडीलाई टोलीमा राखेको बुटवल कागजमा अन्य टोलीको तुलनामा निकै कमजोर देखिन्छ । मिडफिल्डमा बलियो भएपनि डिफेन्समा क्लबले निकै संघर्ष गर्ने देखिन्छ । गोलरक्षक पनि ढिलो गरि अनुबन्ध गरेको टोलीले पहिलो खेलमै बलियो ललितपुरको सामना गर्दैछ ।

वीरगन्ज युनाइटेड फुटबल क्लब

मार्की : दीप कार्की

प्रशिक्षक : सनोज श्रेष्ठ, प्राविधिक निर्देशक : उपेन्द्र मान सिंह, सहायक प्रशिक्षक : राजकिशोर धामी, गोलरक्षक प्रशिक्षक : श्री प्रकाश वैद्य, मेन्टर : राजेन महर्जन

आइकोनिक खेलाडी : तेज तामाङ

विदेशी खेलाडी : विलियम ओपोकु, एकिंस की बाफोर, हान्स क्वोफी, ओबेद ओवुसु (घाना), गुस्ताभो शमाला जाद्जे (कंगो)

अक्सनमा अनुबन्धित खेलाडी : सुरज गुरुङ, भिषण गुरुङ, शत्रुघन कुमार चौधरी, सुनिल खड्का, हरिशराज भट्ट, सुशील लामा, सुवास गुरुङ, सिमान्त थापा, जय गुरुङ, दिवाकर चौधरी, सुदीप गुरुङ, युवराज खड्का, दिपेन्क राज सिंह

अन्य खेलाडी : कोइप कान्त थारु

फिजियो : कौशल दाश, अवासना राजभण्डारी, व्यवस्थापक: मुना खान चौधरी

एनएसएलमा पहिलो सिजन खेल्न लागेको वीरगन्जले प्रशिक्षक सनोज श्रेष्ठसँगै प्राविधिक निर्देशकमा उपेन्द्रमान सिंहलाई अनुबन्धन गर्दै टोलीलाई राम्रो प्रशिक्षण टोली दिएको छ । राष्ट्रिय महिला टोलीका गोलरक्षक प्रशिक्षक श्री प्रकाश वैद्य पनि वीरगन्जमै छन् । तर टोलीमा विदेशी खेलाडी भने खासै नाम चलेका छैनन् ।

प्रशिक्षक श्रेष्ठले ए डिभिजनमा सँगै काम गरेका विलियम ओपोकुलाई मिडफिल्डमा प्रयोग गर्दा सातदोबाटोका केहि नेपाली खेलाडी पनि टोलीमा छन् । तर अन्य विदेशी खेलाडीको स्तर नेपाली खेलाडीभन्दा खासै माथि देखिदैन । तेज तामाङलाई आइकोनिकको रुपमा भित्र्याएको वीरगन्जसँग विलियमसँगै सुभाष गुरुङ, जय गुरुङ, सुदीप गुरुङ, भिषण गुरुङ र सुरज गुरुङ सेन्टर मिडफिल्डमा खेल्छन् । यसले पनि टोलीको सन्तुलनमा असर पर्ने देखिन्छ ।

धनगढी फुटबल क्लब

मार्की : आशिष चौधरी

प्रशिक्षक : युगलकिशोर राई, सहायक प्रशिक्षक : राजु तामाङ, गोलरक्षक प्रशिक्षक : मिन बस्नेत

विदेशी खेलाडी : फालो डियाग्ने (सेनेगल), रिचार्ड इसे आगेमांग (घाना), मोहमद ताहा र अहमद हिजाजी (लेबनान), आफिज ओलावाले (नाइजेरिया), फोडे फोफाना (गिनी)

अक्सनमा अनुबन्धित खेलाडी : साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टिकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु, रामचन्द्र वाजी

अन्य खेलाडी : ओम प्रकाश चौधरी, रोहन कार्की, सन्दीप खडायत

फिजियो : आविष्कार पुडासैनी, व्यवस्थापक : दीपेश तिमल्सिना

पहिलो सिजन तोपे फुजासँग प्रशिक्षण सम्हालेका युगलकिशोर राई यसपटक मुख्य प्रशिक्षकको भूमिकामा छन् । आशिष चौधरीलाई मार्की खेलाडी बनाएको धनगढीले ओलावाले आफिजलाई पुन: टोलीमा समेटेको छ । ६ विदेशी खेलाडी समेट्ने क्रममा लेवनानका विंगर अहमद हिजाजी र गोलरक्षक मोहमद ताहा दशरथ रंगशालामा फर्कंदैछन् । ताहाको अनुबन्धन भने आश्चर्यका साथ हेरिएको छ ।

ओलावाले आफिज पुन: एकपटक धनगढीको जर्सीमा उत्रनेछन् भने प्रशिक्षक राईले मार्की आशिषलाई लेफ्ट विंगमा नै खेलाउने सम्भावना छ । उनी राष्ट्रिय टोलीमा भने लेफ्ट ब्याक खेल्दै आएका छन् । देवेन्द्र तामाङ राष्ट्रिय टोलीबाट बाहिर रहेपनि धनगढीमा रक्षात्मक रणनीति अब्बल बनाउन मुख्य खेलाडी हुनेछन् । प्रशिक्षक राईले हिमालयन शेर्पा क्लबमा रहँदाकै केही खेलाडी पनि टोलीमा राखेका छन् ।

ललितपुर सिटी फुटबल क्लब

मार्की : अनन्त तामाङ

प्रशिक्षक : इयान गिलान (अष्ट्रेलिया), सहायक प्रशिक्षक : रविन्द्र शिलाकार, गोलरक्षक प्रशिक्षक : प्रविन श्रेष्ठ

विदेशी खेलाडी : जेफ्री विलि मार्सल बाल्टुस, पापा इबु केवे (फ्रान्स), ओमोलाजा करीम, इमोह एजेकेल (नाइजेरिया), नुर्लान नोभ्रुजोभ (अजरबैजान), निखिल कदम (भरत)

अक्सनमा अनुबन्धित खेलाडी : विवेक पौडेल, अनिल राई, सञ्जित राई, आदित्य शाक्य, अनिल महर्जन, सनिश श्रेष्ठ, दिनेश हेन्जन, निरज चौधरी, रोशन पहारी, विशाल सुनार, सेसेहाङ आङदेम्बे

अन्य खेलाडी : आशिष श्रेष्ठ, आश्विन घोरासैनी, लुज महर्जन, कुशल देउवा, विश्वास उदास, विश्वास उदास

स्वास्थ्य व्यवस्थापक : सुरज भुषाल, फिजियो : सौगात श्रेष्ठ

एनएसएलको नयाँ सिजनका लागि मार्की खेलाडी अनुबन्धनमा निकै अघि कदम चालेको ललितपुर अक्सनमा पनि भाग्यमानी सावित भयो । ललितपुरले राष्ट्रिय टोलीको सुरुवाती रोजाइमा रहेका ४ खेलाडीसँगै स्तरीय विदेशी खेलाडी भित्र्याएको छ । अनन्त तामाङको रुपमा डिफेन्स र टोली दुवै पक्ष नेतृत्व गर्ने खेलाडी ललितपुरसँग छ ।

अष्ट्रेलियन प्रशिक्षक इयान गिलान डेढ महिनादेखि टोलीसँग छन् । इमोह इजिकेलको रुपमा ललितपुरले उत्कृष्ट फरवार्ड टोलीमा अनुबन्ध गरेको छ । नेपाली खेलाडीमा पनि सन्तुलित रहेको ललितपुर गत सिजन खराब सुरुवात गर्दा उपाधिबाट बन्चित भएको थियो । यसपटक नेपाली खेलाडीमा बलियो आन्तरिक प्रतिस्पर्धासहित ललितपुरको नजर उपाधिमा छ ।

स्पोर्टिङ इलाम डे मेची एफसी

मार्की : विकेश कुथु

प्रशिक्षक : मेघराज केसी, गोलरक्षक प्रशिक्षक : उज्ज्वल मानन्धर

विदेशी खेलाडी : अमाथ एनडाव, अब्दुलाए बा, इब्राहिम जिते (सेनेगल), फोडे कामारा (गिनी), ओमार थिएम, सुरज सिंह (भारत)

अक्सनमा अनुबन्धित खेलाडी : समित श्रेष्ठ, सन्तोष खत्री, आशिष राई, सन्तोष महत, सुरोज बस्नेत, आशिष चापागाई, विमल पाण्डे, सौरभ लिम्बु, भरत खवास, दिपेश घले, विराज महर्जन, जितेन्द्र कार्की, आशिष गुरुङ, नविन लामा

व्यवस्थापक : उत्सव शाक्य, फिजियो : आरग्य खड्का

प्रशिक्षक मेघराज केसीले नवप्रवेशी इलामको जिम्मेवारी लिए लगत्तै गत सिजन उपाधि जिताएका कप्तान विकेश कुथुलाई मार्की खेलाडीको रुपमा रोजे । केसीकै नेतृत्वमा त्रिभुवन आर्मी क्लबले आधुनिक फुटबलमा नयाँ रुप लिएको थियो । केसीले अक्सनमा खेलाडी छानेको प्रक्रिया हेर्दा आफ्नो पुरानै शैलीमा फर्किएको देख्न सकिन्छ ।

भरत खवास, विराज महर्जन र जितेन्द्र कार्कीको अनुभवलाई टोलीमा प्रयोग गर्ने रणनीति बुनेका केसीले विदेशी खेलाडीमा भने सेनेगलका युवा प्रतिभामाथि भर गरेका छन् । आक्रमणमा सौरभ लिम्बु र दिपेश घलेको प्रतिभा र मिडफिल्डमा सन्तोष खत्रीको तदारुकताले टोलीलाई पर्याप्त विकल्प दिनेछ । तर अन्य टोलीमा अनुभवी विदेशी खेलाडीले प्रभाव जमाउँदा केसीलाई युवा प्रतिभालाई नयाँ वातावरणमा भिजाउन केहि समय लाग्न सक्छ ।

एफसी चितवन

मार्की : विशाल श्रेष्ठ

प्रशिक्षक : मेहराजउद्दीन वडू (भारत), सहायक प्रशिक्षक : बालगोपाल साहुखल

आइकोनिक खेलाडी : विमल घर्ती मगर

विदेशी खेलाडी : टोरिच जेब्रिन, रफिक अमिनु,, अफ्रिए अक्वा, मुबारक युसुफ (घाना)

अक्सनमा अनुबन्धित खेलाडी : अमृत श्रेष्ठ, एकराज बुढाथोकी, प्रदीप भण्डारी, राजेश परियार, रोशन राना मगर, बुद्ध तामाङ, हेम तामाङ, उत्सव राई, विक्रम धिमाल, शरण विक्रम सिंह बस्नेत, छिरिङ गुरुङ, नवयुग श्रेष्ठ, पुस्कर खड्का

थप खेलाडी : कुशल जंग कार्की, सिर्जन राज गौतम, रोजल दाहाल

फिजियो : अनिश बुढाथोकी

चितवनले लिग सुरु हुनुभन्दा केहि साताअघि मात्र प्रशिक्षक परिवर्तन गर्नुपरेको थियो । नयाँ प्रशिक्षक वाडूले झन्डै २ साता प्रशिक्षण दिएपछि मुख्य डिफेन्डर इभान गोन्जालेजको साथ गुमाए । तर यो सबका बाबजुद चितवनको टोलीले सहभागी टोलीमध्य सबैभन्दा राम्रो तयारी गरेको देखिन्छ । मार्की खेलाडीमा विशाल श्रेष्ठ टोलीले लिएको सुरुवाती निर्णय थियो । अक्सनदेखि नै टोलीमा विशालको भूमिका कप्तानसँगै व्यवस्थापनमा पनि सहयोगी रहेको देखिन्छ ।

आफ्नो पहिलो रोजाइमा खेल्ने अधिकांश खेलाडी सँगै रहेर प्रशिक्षण गरेकाले पनि चितवनको टिममा राम्रो तालमेल छ । विदेशी खेलाडीमा नेपाली लिग बुझेका टोरीच जेब्रिन र रफिक अमिनु हुनुले टोलीलाई केहि सहज हुनेछ । नवयुग श्रेष्ठ र विमल घर्ती मगर लामो समय सँगै खेलेकाले पनि टोलीको आक्रमणमा अन्य खेलाडीलाई भिज्न सहज हुने देखिन्छ ।

पोखरा थन्डर्स

मार्की : आयुष घलान

प्रशिक्षक : नवीन न्यौपाने, सहायक प्रशिक्षक : राजेन्द्र तामाङ, गोलरक्षक प्रशिक्षक : विनोद महर्जन, राजु सिंह

आइकोनिक खेलाडी : दिनेश राजवंशी

विदेशी खेलाडी : मोजेस ग्याबा टुम, स्टेफान कोजो पप अनोर, जो आइडु (घाना), इभ्स प्रिसो एनजांगा, फ्रान्क्लिन क्वेटे टाला (क्यामरुन)

अक्सनमा अनुबन्धित खेलाडी : दिपेश आले मगर, अनिश पोमु लिम्बु, पदम भट्टराई, नरेन्द्र चौधरी, अन्जल महर्जन, पदमकुमार तामाङ, सुरज जिउ ठकुरी, कमलबहादुर थापा, सञ्जीव विष्ट, सुनिल घलान, जिवन गुरुङ, विपन कँडेल

थप खेलाडी : राजु योगी, सुदीप सुनार, अभिषेक लामा, नेल्सन तामाङ

गत सिजन ट्यालेन्ट हन्टमा आएका आयुषलाई यसपटक क्लबले मार्कीमा अनुबन्ध गर्यो । प्रशिक्षक न्यौपाने पनि गत सिजन अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि यसपटक टोलीसँग मिहिनेत गरिरहेका छन् । उनलाई लामो समय सँगै खेलेका फरवार्ड अनिल गुरुङले व्यवस्थापकीय पक्षमा सघाइरहेका छन् ।

अक्सनमा अभागी सावित भएको पोखराको नेपाली खेलाडी छनोट अन्य टोलीभन्दा निकै कमजोर रहन पुग्यो । नेपाली स्टार खेलाडी नभएपनि औसत खेलाडीले भरिएको पोख्तलाई खेलाडी छनोट टाउको दुखाइ बन्न सक्छ । विदेशी खेलाडीमा पनि नेपालमै उपलब्ध खेलाडी रोजेको पोखराका लागि अनुभवी गोलरक्षक एभ्स प्रिसो नायक बन्न सक्छन् ।

काठमाडौं रेजर्स फुटबल क्लब

मार्की : हिसुब थपलिया

प्रशिक्षक : बालगोपाल महर्जन, सहायक प्रशिक्षक : राकेश श्रेष्ठ, मिहिर सावन्त, गोलरक्षक प्रशिक्षक : मृगेन्द्र मिश्र

विदेशी खेलाडी : जोकिर उगली शोख्रुख मह्मुदोजिएभ, कोदिरजोन उगली तोजिदिनोभ (उज्बेकिस्तान), जुनियर एन्कुंगे, जुआन ओलिभर सिमो किन्गुए, आन्द्रेस निया (क्यामरुन)

अक्सनमा अनुबन्धित खेलाडी : कुलदीप कार्की, जियारत शेख, राजीव लोप्चन, अमित तामाङ, महेन्द्र कार्की, खमिर गिल्सन, प्रशान्त अवस्थी, सुशील कुमार यादव, मौसम सुब्बा, दिपेश गुरुङ, अन्जन राई, अभिषेक बराल

थप खेलाडी : अन्जल श्रेष्ठ, गणेश हमाल, अमिन रावल, पेम्बा दोर्जे लामा, उज्ज्वल शाही

फिजियो : राजु दाहाल, व्यवस्थापक : मधुसुदन उपाध्याय

गत सिजन उपाधि जितेपछि काठमाडौंले युवा टोली निर्माण गर्ने लक्ष्यसहित हिसुब थपलियालाई मार्की खेलाडीमा रोजेको थियो । त्यसयता राष्ट्रिय टोलीमा नियमित रहेका हिसुबले प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको टोलीलाई दोस्रो उपाधि दिलाउने लक्ष्य राखेका छन् । उज्बेकिस्तानका दुई खेलाडीले प्रि सिजनमा गरेको प्रदर्शनले काठमाडौंको मनोबल उच्च बनेको छ । सँगै आन्द्रेस निया पूर्ण फिट भएपछि मिडफिल्डमा टोली ढुक्क देखिएको छ ।

गोलरक्षकमा अभिषेक बराल र जियारत शेखमाथि जिम्मेवारी दिएको काठमाडौंको डिफेन्स भने यसपटक केहि कमजोर देखिन्छ । अन्जन राईले टोलीमा निरन्तरता पाएपनि मिडफिल्डबाट तल झरेपछि नेतृत्व लिने खेलाडीको कमी टोलीलाई समस्या पर्न सक्छ ।

झापा फुटबल क्लब

मार्की : अन्जन विष्ट

प्रशिक्षक : ओरिओल मोहेदानो सेगुरा, सहायक प्रशिक्षक : चेतन घिमिरे, गोलरक्षक प्रशिक्षक : शैलेश कर्माचार्य, पर्फर्मेन्स प्रशिक्षक : विवेक विक्रान्त अधिकारी

आइकोनिक खेलाडी : आवास लामिछाने

विदेशी खेलाडी : कोजार टोरेज फर्नान्डो, जोर्गे पेलाएज सान्चेज (स्पेन), दिराज थजाली (अमेरिका), समन्दर उचिलोभ (उज्वेकिस्तान), सृबिज स्टेफान कुपिक (सर्बिया)

अक्सनमा अनुबन्धित खेलाडी : अनिश देउला, प्रदिप लामा, भरत चौधरी, प्रशान्त लक्सम लिम्बु, योगेश गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ, लक्ष्मण रुचाल, लाकेन लिम्बु, समिराज थोकर, सुरज विष्ट, छिरिङ लामा, सुमित श्रेष्ठ

थप खेलाडी : विशाल बस्नेत, पेमा तामाङ, तारानाथ राजवंशी

फिजियो : शिला गिरि

अघिल्लो सिजन अक्सनपछि लिग नभएपनि झापाले मार्की खेलाडीमा अन्जन विष्टलाई विश्वास गर्यो । नेपाली फुटबलमा व्यावसायिक क्रान्ति ल्याउने लक्ष्य राखेको झापाले स्पेनिस प्रशिक्षक भित्र्याएको छ । सँगसँगै दुई स्पेनिस सहित विदेशी खेलाडीमा पनि नयाँ अनुहार यसपटक झापाको जर्सीमा देखिनेछन् ।

लाकेन लिम्बुको चोटले टोलीलाई धक्का लागेपनि आवास लामिछाने आइकोनिकको भूमिकामा आउँदा टोलीलाई केहि सहज हुने अनुमान रहेको छ । लक्ष्मण रुचालको अनुभवले पनि टोलीलाई लिग दौरान सहयोग पुग्नेछ । गत साता डेब्यु गरेका डिफेन्डरद्वय योगेश गुरुङ र छिरिङ लामा मैदानमा समयका लागि संघर्ष गर्नुपर्ने पक्ष भने प्रशिक्षकका लागि समस्या हुन सक्छ ।

सिजन सुरु हुनुअघि एनएसएल-२ को लागि लेखकको अनुमान :

प्लेअफ पुग्ने : ललितपुर, काठमाडौं, चितवन र झापा

प्लेअफ पुग्न नसक्ने : धनगढी, इलाम, वीरगन्ज, पोखरा, बुटवल

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.