2 years ago
November 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा आयोजकले भव्य उद्घाटन समारोहका बीच दोस्रो सिजन सुरु गर्ने तयारी गरेको छ ।

साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुने उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र तीन नयाँ टोली मध्यको एक स्पोर्टिङ्ग इलाम एफसी डे मेचीले एक अर्का सँग भिड्ने छन् ।
उद्घाटन समारोहमा चर्चित गायक सुशान्त केसी, वाङ्देन शेर्पा र प्रिन्सि र प्रिज्मा खतिवडा उद्घाटन समारोहमा आफ्नो कला प्रस्तुत गर्ने छन् ।
काठमाडौंलाई पहिलो संस्करण जिताउन कप्तानी भूमिकामा रहेका विकेश कुथु यसपटक इलामका मार्की खेलाडी रहेका छन् । काठमाडौंको मार्की भने राष्ट्रिय टोलीका फरवार्ड हिसुब थपलिया रहेका छन् ।
गत संस्करणमा सहभागी ७ टोली मध्य विराटनगर सिटी एफसी बाहेकका ६ र ३ नयाँ टोली गरि ९ टोलीले दोस्रो संस्करणमा प्रतिस्पर्धा जनाउने छन् । पहिलो संस्करण समेत खेलेका काठमाडौं रेजर्स, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, धनगढी एफसी, एफसी चितवन र बुटवल लुम्बिनी एफसी सहित तीन नयाँ टोली झापा एफसी, स्पोर्टिङ्ग इलाम एफसी डे मेची र विरगन्ज युनाइटेड एफसी यस संस्करणमा सामेल छन् ।
दोस्रो संस्करणको फाइनल डिसेम्बर ३० मा हुने छ । लिग तालिकाको शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
काठमाडौंको टोली :
प्रशिक्षक : बालगोपाल महर्जन, सहायक प्रशिक्षक : राकेश श्रेष्ठ, मिहिर सावन्त, गोलरक्षक प्रशिक्षक : मृगेन्द्र मिश्र
विदेशी खेलाडी : जोकिर उगली शोख्रुख मह्मुदोजिएभ, कोदिरजोन उगली तोजिदिनोभ (उज्बेकिस्तान), जुनियर एन्कुंगे, जुआन ओलिभर सिमो किन्गुए, आन्द्रेस निया (क्यामरुन)
हिसुब थपलिया, कुलदीप कार्की, जियारत शेख, राजीव लोप्चन, अमित तामाङ, महेन्द्र कार्की, खमिर गिल्सन, प्रशान्त अवस्थी, सुशील कुमार यादव, मौसम सुब्बा, दिपेश गुरुङ, अन्जन राई, अभिषेक बराल, अन्जल श्रेष्ठ, गणेश हमाल, अमिन रावल, पेम्बा दोर्जे लामा, उज्ज्वल शाही
फिजियो : राजु दाहाल, व्यवस्थापक : मधुसुदन उपाध्याय
इलामको टोली :
प्रशिक्षक : मेघराज केसी, गोलरक्षक प्रशिक्षक : उज्ज्वल मानन्धर
विदेशी खेलाडी : अमाथ एनडाव, अब्दुलाए बा, इब्राहिम जिते (सेनेगल), फोडे कामारा (गिनी), ओमार थिएम, सुरज सिंह (भारत)
विकेश कुथु, समित श्रेष्ठ, सन्तोष खत्री, आशिष राई, सन्तोष महत, सुरोज बस्नेत, आशिष चापागाई, विमल पाण्डे, सौरभ लिम्बु, भरत खवास, दिपेश घले, विराज महर्जन, जितेन्द्र कार्की, आशिष गुरुङ, नविन लामा
व्यवस्थापक : उत्सव शाक्य, फिजियो : आरग्य खड्का
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]